सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अंगुर जिसीले रुदैँ भने “निर्मलाको बलात्कारी हत्यारा १००% दिलिप विष्ट नै हाे”

२०७५ साल साउन १० गते विहान ११ बजे १३ बर्षीय किशोरी निर्मला पन्त गृहकार्यका लागि साथी रोशनी बमको घर गईन।
सवा २ बजे गृहकार्य गर्दै पन्त बमको घरबाट निस्किन र चार बजे घर जाने बाटोमै उनको साईलक देखिएको थियो। त्यो दिन सोधीखोजी गर्दा उनको पत्तो नलागेपछि दोश्रो दिन उखुवारीमा शव फेला प¥यो।

शव फेला परेको दुई दिनपछि मेरो टिम महेन्द्रनगर पुग्यो। झण्डै २४, २५ दिन अनुसन्धान गरिसकेपछि हामीले निर्मलाको बलात्कारपछि हत्यामा संग्लन रहेको भन्दै दिलिपसिंह विष्टलाई सार्वजनिक ग¥यौँ। हामीले विष्टले साविती बयान दिएकै भरमा उनलाई सार्वजनिक गरेका होईनौ।

Sana Kishan

‘उनले हामी समक्ष दिएको बयान, सरकारी वकिलको सहभागीमा दिएको वयान र हत्यामा हामीले गरेको अनुसन्धान ठ्याक्कै मिलेको थियो, हत्या कसरी गरे, प्राविधिक कुराहरु पनि उनले बयानमा ठ्याक्कै भनेका थिए।’
बलात्कारपछि हत्यामा उनको संग्लनता छ भन्ने कुरामा हामी सबै विश्वस्त भएपछि मात्रै हामीले विष्टलाई सार्वजनिक गरेका हौँ। प्रहरीको अनुसन्धाबाट खुलेको कुरा विष्टको बयानले पुष्टि गरिदिएको थियो।

World Link Ads
Mahakali Polytechnic

‘प्रहरीले प्रमाण मेटायो भन्दै आलोचना भईरहेको छ। तर मेरो प्रश्न प्रमाण भनेको के हो ? हत्याको घटनामा सुरुवाल प्रमाण हुँदैन। हो बलात्कार पनि भएकाले सुरुवालमा विर्य, रौ र रगत भए प्रमाण हुन्थ्यो। तर अघिल्लो रातीदेखि नै सो क्षेत्रमा पानी परेको थियो, त्यो प्रमाण सुरुवालमा भेटिने अवस्था थिएन्। प्रहरीले प्रमाण मेटाउन नै पर्ने भए पत्रकारको क्यामेरा अगाडी मेटाउथ्यो ? ’

Dirghayu Ads

निर्मलाको औलाले उखु समातेको कारण सुरुमा जुन स्थानमा शव भेटियो निर्मलाले त्यही स्थानमा अन्तिम शास लिएको जस्ता लागेको थियो। तर पछि चिकित्सकहरुसंग छलफल गर्दा मुत्यु भएको चार घण्टा पछि पनि औला खुम्चिन सक्ने थाँह भएपछि हत्या र बलात्कार अर्को ठाउँ गरेर शव त्यो ठाउँमा फालिएको हाम्रो अनुसन्धानबाट खुलेको थियो। निर्मलाको आमाको आसुँ सम्झिदा म पनि भक्कानीदै आएको छु। सरकारले हिजो हामीले गरेको कुरालाई पनि अध्ययन गरोस, निर्मलाले न्याय पाउनुपर्छ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.