सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

परदेशीको आखामा निर्मला हत्याकाण्ड

“निर्मला हत्याकाण्डकाे अनुसन्धानकाे “तीर” पुन: दिलिप सिंह बिष्ट माथि साेझ्झिएकाे छ।”

अाज साउन १० गते कंचनपुर कि तेह्र बर्षिए किशोरी निर्मला पन्तकाे बलात्कार पछि हत्या भएको अाज एक बर्ष पुगेकाे छ। निर्मलाकाे न्यायकाे लागि देशभर नै अान्दाेलन भयाे। धेरै अान्दाेलनकारी घाइते भए। एक जना अान्दाेलनकारीले मृत्युुबरन पनि गर्नु पर्याे। सडक देखि सदनमा राँकाे बालियाे। यसबारे धेरैले बाेले। धेरैले लेखे। तर निर्मलाकाे हत्यारा पत्ता लागेन।

World Link Ads
Mahakali Polytechnic

हत्यारा पत्ता लगाउन प्रहरी कै उच्च अधिकारी सम्मिलित भएका अनुसन्धान टाेली बनाईए। निजामती सेवाका उच्च स्तरका सचिवहरु, बिज्ञहरु, भएका उच्चस्तरका छानबिन अायाेगहरु गठन गरिए। अन्नत देशभर नै निर्मलाकाे न्यायकाे लागि अान्दाेलन उग्र भए पछि सरकारले निर्मलाकाे हत्याकाे अनुसन्धान गरिरहेका प्रहरी अधिकारीहरु लाई निलम्बन गरेपछि अान्दोलन केही शितिल भयाे।

Dirghayu Ads

निर्मला हत्या प्रकरनका पहिलाे अनुसन्धान गर्ने सिबिअाईका डियसपी अंगुर जिसी। उनी नेपाली प्रहरीका एक काबिल अनुसन्धान अधिकृत मानिन्छन्। ठुला ठुला हत्याका घट्नामा अनुसन्धान गरेका छन्। धेरै अनुसन्धानमा उनी सफल पनि भएका छन्। निर्मला हत्या प्रकरणमा पनि करिव एक महिना सम्मकाे गहन अनुसन्धान बाट उनले दिलिप सिंह बिष्टलाई निर्मलाकाे हत्याकाे कसुरदार ठहराएका थिए।

दिलिप सिंह बिष्टले प्रहरी हिरासत र जिल्ला सरकारी वकिलकाे समक्ष अाफुले निर्मलाकाे बलात्कार गरि हत्या गरेकाे साबिति बयान दिएका थिए। दिलिप सिंहले निर्मला लाई जबर्जस्ती बलात्कार गरेकाे र निर्मलाले प्रतिकार गर्दा अाफ्नाे दाब्रे हातले निर्मलाकाे घाटि निमाेठेकाे बताए। जुन कुरा डाक्टरले पनि शब पाेष्ट मार्टम गर्दा अपराधीले दाब्रे हात प्रयोग गरेकाे बताएको छ। हत्या गरि सकेपछि निर्मलाकाे सुरुवालकाे गाेजिमा बीस रुपैयाँ भएको र त्याे बीस रुपैयाँले नजिककाे पसलमा गई सुर्ति किनेर खाएकाे बताएका थिए। उनले साेहि दिन बीस रुपैयाँमा उक्त पसलबाट सुर्ती किनेकाे पनि पुष्टि भएको थियाे।
तर कंचनपुर बाँसीहरुले दिलिप सिंह बिष्टलाई अपराधी मान्न तयार भएनन्। महिलाहरुकाे अान्दाेलन जारि थियाे। यता कथित अनलाइन मिडिया र युट्युवहरुले भ्रामक र कपाेकल्पित समाचारहरु लेखिरहेका थिए। भनिरहेका थिए। केही राजनीति दलले धमिलो पानीमा माछा मार्न चाहन्थे। धेरैले हत्यारा छिटाे सार्वजनिक गर। हत्यारालाई कडा भन्दा कडा कार्वाही गर भनिरहेका थिए।

Sana Kishan

अन्त्यमा निर्मलाकाे भेजिना स्वाब र दिलिप सिंह बिष्टकाे डिएनए टेष्ट गरियाे। निर्मलाका भेजिना स्वाबमा दिलिप सिहकाे डिएन मिलेन। नेपालमा बंसज पत्ता लगाउन गरिदै अाएकाे डिनए टेष्टलाई बलात्कारी पत्ता लगाउन खाेजिनु, अदक्ष ल्याप कर्मचारी हुनु, जाँच गर्ने उपकरनहरु भरपर्दाे नहुनु र स्वयम् निर्मलाकाे भेजिना स्वाब नै संक्रमित हुनुले डिएन टेष्ट बिबाबित थियाे। डिएनए टेष्ट नमिले कै कारन दिलिप सिंह अदालतबाट रिहाइ भए।

काे हुन दिलिप सिंह बिष्ट।

दिलिप सिंह दुधले नुहाएका ब्यक्ति हाेईनन्। उनी साधु पनि हाेईनन्। उनी बृध्द पनि हाेईन। अपराधी पृष्ठभूमिका दिलिप सिंह बिष्ट पुर्व कारागारका कैदि हुन्। उनले अाफ्नै भिनाजुकाे हत्या गरि अदालतले ताेकेकाे कैद सजाय भुक्तान गरि जेलबाट छुटेका ब्यक्ति हुन्। उनी मानसिक राेगी पनि हुन्। उनका घरका परिवारका सदस्यहरु दिलिप बिष्टकाे गलत अाचरनले हैरान छन्। अर्थात उनकै घरका परिवारहरु दिलिप सिंह बिष्ट देखि डराउछन्। उनी दिनभर कता कता डुलि घुम्छन्। उनका घरका सदस्यहरुले पनि निर्मलाकाे हत्या भएको दिन उनी घरमा राति अाएकाे र उनकाे पाईन्ट भिजेकाे बताएका छन्।

प्रहरी अनुसन्धानले दिलिप सिंह लाई दाेषि ठहरायाे। तर जनताले मानेनन्। जनताले निर्मला हत्या प्रकरनमा भिअाईपिकाे संलग्नता छ भनिरहे। अान्दाेलन देशभर चर्कियाे। सरकार अान्दाेलनकारी सित डरायाे। झुक्याे। र अनुसन्धानमा संलग्न प्रहरी अधिकृत र जवानहरुलाई निलम्बन गर्याे।

यसरी अनुसन्धानमा दक्ष र निपुण मानिने डियसपी अंगुर जिसिकाे अनुसन्धान लाई अान्दाेलनकाे बलले तुहाई दियाे। तर उनी हिजाे पनि निर्मलाकाे हत्या दिलिप सिंह बिष्ट हाे भनेका थिए अाज पनि दिलिप सिंह बिष्ट नै हाे भन्दैछन्।


प्रहरीको कमजोरी

अन्य हत्या र बलात्कारकाे घट्नामा डिएन टेष्ट नगर्नु तर निर्मला हत्या प्रकरनमा गरिनु। निर्मला हराएको दिनमा स्थानीय प्रहरी चौकिले निर्मलाकाे खाेजिमा चासाे नदेखाउनु, निर्मलाकाे लास उठाउदा महिला प्रहरीले निर्मलाकाे शुरुवाल धुनु, निर्मलाकाे बुवा भारतबाट नअाउदै अस्पतालमा रहेकाे निर्मलाकाे लास मुचुल्का रिपोर्टमा निर्मलाकाे बुवाकाे हस्ताक्षर हुनुले प्रहरीकाे अनुसन्धानमा त्रुटी पनि देखिन्छ।
दिलिप सिंह बिष्ट माथि पुन अनुसन्धान गरियाेस्। डिएनटेष्ट मात्रै सबै दशी प्रमाण हाेईन। निर्मलाका हत्याराहरु लाई छिटाे भन्दा छिटाे सार्वजनिक गर। कडा भन्दा कडा कार्वाही गर। चाहे जाेसुकै किन नहाेस्।
गनेश कुमार बस्नेत
दाङ, घाेराही (हाल रियाद, साउदि अरेबिया)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.