सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वेदकोटका पर्यटकीय क्षेत्र वेदकोट ताल र लिङ्गेश्वर धामको गुरु योजनासहित डिपीआर तयार

678
Sana Kishan

मदन गिरी
महेन्द्रनगर १० साउन ।
कञ्चनपुरको वेदकोट नरगपालिका स्थित पर्यटकीय क्षेत्र वेदकोट ताल र लिङ्गेश्वर धामको दिग्र्घकालिन विकासका लागी विस्तृत परियोजन प्रतिवेदन(डिपीआर) तयार पारिएको छ ।
वेदकोट नगरपालिकाका नगर प्रमुख प्रमुख अशोक कुमार चन्दले पर्यटकीय क्षेत्रको दिग्र्घकालिन विकासका लागि गुरु योजना र डिपीआर तयार गरिएको बताए । उनका अनुसार वेदकोट ताल र लिङ्गेश्वर धामको विकासका लागि एकिकृत गुरु योजनासहित डिपीआर निर्माण गरिएको हो ।

शहरी विकास तथा भवन निर्माण विभागको सहयोगमा वेदकोट ताल र लिङ्गा धामको एकिकृत मास्टर प्लान र डिपीआर तयार पारिएको नगरपालिकाले जनाएको छ ।
नगर प्रमुख चन्दले पर्यटकीय क्षेत्र विकासका लागि विभिन्न भौतीक संरचना निर्माणका हुने गरिने बताए । प्रतिक्षालय, अतिथि गृह, पार्क, पार्कीङ स्थल, धार्मीक तथा सांस्कृती मह्वका संरचना, मन्दीर, खानेपानी र शौचालय लगायतका भौतिक पुर्वाधार निर्माण गरिने छन ।

Arus
Karnali Traders

५२ करोड २५ लाख अनुमानित लागत रहेको एकीकृत योजना कार्यान्वयनका लागि केन्द्र र प्रदेश सरकारसँग आवश्यक सहयोग माग गरिने नगर प्रमुख चन्दको भनाई छ ।
‘नगरका महत्वपुर्ण पर्यटकीय क्षेत्रको विकासका लागि डिपीआर सहितको गुरु योजना बनाएको छौँ, हामीसँग सिमित स्रोत साधन भएकोले संघिय र प्रदेश सरकारसँग बजेटका लागि पहल गछौँ ।’ नगर प्रमुख चन्दले भने ‘योजना कार्यान्वयनको चरण तत्काल सुरु हुन्छ, विभिन्न निजि क्षेत्रबाट पनि सहयोगको प्रतिवद्धता आएको छ, नगरपालिकाको बजेटबाट पनि पर्यटकीय पुर्वाधार निर्माणमा जोड दिएका छौँ’ उनले भने ।

वेदकोट नगरपालिकाले नगरका पर्यटकीय क्षेत्रका प्रर्वद्धन र विकासलाई प्राथमीकतामा राखेर विभिन्न भौतीक पुर्वाधार निर्माण गरिरहेको छ ।
वेदकोट तालमा भ्यु टावर, सडक स्तरोन्नती, मन्दीर बनाउँनुका साथै लिङ्गा लगायत अन्य पर्यटकीय क्षेत्रमा पुर्वाधार निर्माण कार्य सम्पन्न गरिएको नगर प्रमुख चन्दको भनाई छ । साथै एकिकृत गुरु योजनासहित डिपीआरमा आधारति पुर्वाधार पाँच वर्ष भित्रमा निर्माण गर्ने योजना रहेको उनले बताए ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.