सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको कुलाउ बजारमा खानेपानीको हाहाकार

नरेश तिवारी बैतडी
जिल्लाको पन्चेश्वर गाउपालिका वार्ड न.३ मा पर्ने कुलाउ बजार मा खानेपानीको अभाव भएको छ। गर्मीयाम शुरु भएसंगै पानीका मुहानहरुमा खानेपानीको मात्रा कम हुन थालेपछी कुलाउ बजारमा मात्रै नभएर पन्चेश्वर गाउपालिकाका बिभिन्न वार्डहरुमा खानेपानीको अभाव भएको हो।

Sana Kishan

शुनपातली खानेपानी योजमा र बगरेठी गाड खानेपानी योजनाबाट पन्चेश्वरको कुलाउ बजारमा अहीले खानेपानीका २ वटा धारा भएपनी बजारका स्थानीय ब्यापारीहरुलाई खानेपानीको अभाव समय समय मा भएकै हुन्छ। स्थानीय बजार कुलाउ का बासीन्दाहरुले खानेपानीको लागी धारामा पानी भर्न जादा कम्तीमा १ घण्टा को समय लिएर कुर्नुपर्ने बाध्यता रहेको छ।

उक्त स्थानीय बजार कुलाउ मा अहिले कुलाउ स्वास्थ्य चौकी मा एउटा खानेपानी धारा रहेको छ भने अर्को खानेपानीको धारा कुलाउ बजारमै रहेको छ। स्थानीय बजार कुलाउका बासीन्दाहरु ले बेलुकी ५ बजेको समयमा र बिहान ८ बजेको समयमा १ घण्टाको समय लिएर पानी लिनुपर्ने अवस्था रहेको छ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.