सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

टी–ट्वेन्टी विश्वकप एसिया छनोट: कतारलाई कुबेतले हरायो, नेपाल चौथो स्थानमा

341
Sana Kishan

काठमाडौं : सिंगापुरमा जारी आईसीसी टी–ट्वेन्टी विश्वकप छनोट एसिया अन्तर्गतको खेलमा कुबेतले कतारलाई हराएको छ । शुक्रबार भएको खेलमा कुवेतले कतारमाथि १० रनको जित हात पारेको हो । १९८ रनको लक्ष्य पछ्याएको कतारलाई १८७ रनमा रोक्दै कुबेतले निकाल्यो ।

सिंगापुरको इन्डियन एशोसिएट मैदानमा भएको खेलमा कतारले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङमा उत्रिएका कुबेतका ब्याट्म्यानले आक्रमक पारी खेल्दै २० ओभरमा ७ विकेट गुमाएर १९७ रन बनाए ।

Arus

१९८ रनको विशाल लक्ष्य पछ्याएका कतारका ब्याट्सम्यानहरु पनि सुरुमा निकै आक्रामकरुपमा प्रस्तुत भएका थिए । २.२ ओभरमा ३८ रन बनाउँदा पहिलो र २.५ ओभरमा ४४ रन बनाउँदा दोस्रो विकेट गुमेपछि कतारको रन बन्ने गति सुस्ताएको थियो । कतारका ब्याट्म्यानले अन्तिमसम्म जितमा पुग्ने प्रयत्न गरेपनि २० ओभरमा ५ किवेट गुमाएर १८७ रन मात्रै बनाउन सके ।

Karnali Traders

नेपाल चौथो स्थानमा झर्‍यो

जितसँगै कुबेत अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । नेपाल चौथो स्थानमा झरेको छ । कुबेतको ३ खेलबाट ३ अंक छ । पहिलो खेलमा मलेसियासँग परजित भएको कुबेतले दोस्रो खेलमा वर्षाका कारण सिंगापुरसँग १–१ अंक बाँडेको थियो । नेपालको २ खेल खेल्दा एकमा हार एकमा जितकासाथ २ अंक छ ।

नेपालले अब शनिबार कुबेतसँग र आइतबार सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल हाल चौथो स्थानमा रहेपनि बाँकी दुवै खेल जितेमा शीर्ष स्थानमा रहँदै टीट्वेन्टी विश्वकपको ग्लोबल क्वालिफायर छनोट हुने सम्भावना यथावत छ । शीर्ष स्थानको प्रतिस्पर्धामा नेपालका लागि मलेसिया चुनौती छ । दुई खेलमा एकमा जित र एकमा हार व्यहोरेको मलेसिया समान अंक भएपनि रनरेटमा नेपालभन्दा माथि छ ।

मलेसियाले पनि बाँकी दुवै खेल जितेमा नेपाल शीर्षमा रहन रनरेटको परपर्नु पर्नेछ । मलेसिया र सिंगापुरबीच अहिले खेल भइरहेको छ । यस खेलमा मलेसियाले हारेमा नेपालको बाटो अझै सहज हुनेछ । त्यसपछि नेपालले बाँकी दुई खेलमा जित हासिल गर्दा सहजै शीर्ष स्थानमा रहन्छ।
पहिलो खेलमा कतारसँग ४ विकेट पराजित भएको नेपालले दोस्रो खेलमा मलेसियामाथि ७ विकेटको जित निकाले थियो ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.