सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मृतक सनि खुनाको स्मृतिमा खेलमैदान

448
Sana Kishan

विकास सिंह महता महेन्द्रनगर /०९ गते साउन बिहिवार कञ्चनपुरको महेन्द्रनगर स्थित सालघाडिमा स्वर्गीय शनि खुनाको स्मृतिमा भिमदत्त नगरपालिका वडा न.१८ स्थित सालघाडिमा खेलमैदान उद्धघाटन गरिएको छ।
बिहिवार एक कार्यक्रमका बिच द ग्यालेक्सी युथ क्लब भीमदत्त नगरपालिका -१८ ले युवाहरु लाई मध्यनजर गर्दै समाजमा निरन्तर युवाहरु कुलतमा बस्ने गरेको हुँदा उनिहरु लाइ मध्यनजर गर्दै खेलप्रती अग्रसर बनाउनका लागि उक्त ठाउँमा खेलमैदानको उचित व्यवस्था गरिएको कञ्चनपुर जिल्ला फुटबल संघका उपाध्यक्ष एवम् द ग्यालेक्सी युथ क्लबका अध्यक्ष गजेन्द्र राज पाण्डयले बताएका छन।

Karnali Traders

Arus

खेलमैदान उद्धघाटनको उपलक्ष्यमा कञ्चनपुरका युवा फुटबल खेलाडीहरु बिच मैत्रीपुर्ण फुटबल प्रतियोगिताको आयोजना गरिएको थियो। खेलमैदान उद्धघाटक सभापति जिल्ला फुटबल संघका उपाध्यक्ष एवम् उक्त क्लबका अध्यक्ष गजेन्द्र राज पाण्डेय , प्रमुख अतिथी वीर बहादुर खुना रहनु भएको थियो।
खेल संयोजकमा राजेश चौधरी र शुनील उरावको अहम भुमिका रहेको थियो। स्वर्गीय शनि खुनाको स्मृतिमा उद्धघाटन गरिएको खेलमैदानमा स्वर्गीय खुनाको याद र सम्झनामा उनकै साथीहरु र अग्रज युवा फुटबल खेलाडीहरुले निरन्तर उक्त खेलमैदानमा प्रशिक्षण दिने र एक कञ्चनपुर क्षेत्रका लागि मात्र नभएर राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने एक नमुनाको थलो बन्ने छ क्लबका अध्यक्ष पाण्डेयले बताएका छ्न।
अगामी दिनमा उक्त खेलमैदान स्थानीय स्तरका प्रतियोगिताको आयोजना गरिने छ भने कुन र कहिले आयोजना गरिने भन्ने मितिको भने तय नगरिएको उनले बताएका छन।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.