सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कृष्णपुरको एक अध्यारो बस्ती पोल छ, बिजुली छैन

454
Sana Kishan


विद्युत प्राधिकरण गैर–जिम्मेवार

मदन गिरी
महेन्द्रनगर ९ साउन । कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ रैकवार बिचवाका स्थानीय लामो सयम देखि अन्धकारमा बस्न बाध्य भएका छन् ।
साविकको रैकवार–बिचवा गौडी टोलमा बिजुलीको पोल गाडीएको दुई वर्ष बितिसक्दा समेत बिजुली नआएको स्थानीयको गुनासो छ । स्थानीयले कहिलेकाही आउने लो भोल्टेजको बिजुलीले जीवन कष्ट भएको बताए ।

Arus

स्थानीय धनवीर भट्टले लामो समय देखि अन्धकारमा बस्नु परेको बताए । उनले बिजुलीका लागि विभिन्न निकायमा पहल गर्दा समेत समसया समाधान नभएको गुनासो गरे ‘सधै भरी अन्धकार मै बस्नु परेको छ, राति जंगली जनावर आउँछन् उज्यालो नभएर झनै समस्या हुन्छ’ उनले भने ‘विद्युतको पोल र तार जोडीएको दुई वर्ष भन्दा बढी भईसकेको छ अझै पनि राम्रोसँग बिजुली आएको छैन’ स्थानीय भट्टले भने ।

त्यस्तै अर्का स्थानीय उपेन्द्र मल्लले पनि बिजुलीको समस्याका कारण जनजविन प्रभावित बनेको बताए । उनका अनुसार बिजुली बत्तिको समस्याका कारण गर्मीको समयमा मोटर, पङ्खा समेत नचल्दाँ जनजीवन कष्टकर बनेको छ । लो भोल्टरका कारण मोटर नचल्दाँ स्थानीयहरु सिचाँई बाट समेत बञ्चित भएका छन् ।
‘दुई फेजको लाईन मात्रै विस्तार गरिएको छ, सम्बन्धित निकायमा बेलाबेलामा लाईन विस्तारका लागी पहल गर्दा समेत सुनवाई हुदैँन’ उनले भने ।

Karnali Traders

अर्का स्थानीय कालु सिंह धामीले पनि बिजुली नहुदाँ कष्टकर जीवन बिताउन बाध्य भएको बताए । उनले कृष्णपुर नगरपालिकाका ८ र ९ का स्थानीय भौतीक पुर्वाधारको अभावसँग जंगली जनावरको त्रासमा बाच्नु परेको गुनासो गरे । साथै बेलाबेला आउने जंगली जनावरले ठुला मात्रैमा जनधनको क्षती गरेपनि अहिलेसम्म राहत नपाएको स्थानीयको दुखेको छ ।

‘वर्षे पिच्छे सामुदायिक वन र भारतबाट आउने हात्तिले अन्नबाली नोक्सान गर्छन, धनजनको क्षती हुन्छ, प्रहरीले मुजुल्का उठाउछ तर राहत अहिलेसम्म मिलेको छैन ।’ स्थानीय जैसिंह बोहराले भने ‘एक घण्टा हिडेर केटाकेटीलाई विद्यालय पठाउनु पर्छ, बोटो सुविधा छैन, खोलामा पुल छैन ज्यानै जोखिममा राखेर खोला तर्नु पर्ने बाध्यता रहेको छ’ उनले भने । गौडी टोलमा करिब एक सय भन्दा बढी परिवार ९० वर्षबाट बस्दैै आएको छन् । स्थानीयहरुले जनप्रतिनिधिबाट विकास ठुलो आशा राखेपनि आफ्नो समस्या जस्ताको त्यस्तै रहेको उनिहरुको गुनोसो ।
विद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले भने गौडीका स्थानीयको समस्याबारे. अनविज्ञ रहेको छ । वितरण केन्द्र महेन्द्रनगरका ईन्जिनियर ललित चन्दले आफुलाई गौडी टोलको विद्युत समस्याबारे जानकारी नआएको बताए ।

‘मलाई त्यसबारे जानकारी भएन, डिम लाईट हो भने उहाँहरुले विद्युतका निवेदन दिुनपर्छ’ उनले भने । त्यस्तै फ्युज सेवा केन्द्र रैकवार बिचवाका ईन्चार्ज पर्शुराम चौधरीले गौडी टोलमा विद्युत लाई विस्तार हुन अझै बाँकी रहेका बताए । उनले लो भोल्टेजको ट्रान्सफर्मरका कारण बिजुली बक्तिको समस्या भएको बताउँदैँ लाईन विस्तारका लागि वितरण केन्द्र महेन्द्रनगरलाई जानकारी गराई सकिएको बताए ।

साथै ट्रान्सफर्मर खरिदका लागि वडा कार्यालय पनि बजेट विनियोजन गरेको जानकारी आएको भएपनि खरिद नभएको उनको भनाई छ । फ्युज सेवा ईन्चार्ज यहि साउन १ गते रैकवार बिचवा सेवा केन्द्रबाट सुरुवा भईसकेका छन् ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.