सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरमा एलबिटीको एक दिने सामुहिक भेला सम्पन्न

231
Sana Kishan

बिकाश सिंह महता
महेन्द्रनगर /साउन ८
कञ्चनपुरको महेन्द्रनगरमा एलबिटी को एक दिने सामुहिक भेला कार्यक्रम सम्पन्न भएको छ। बुधबार महेन्द्रनगरमा निल हिरा समाजको सहयोगमा सहयात्रा नेपाल कञ्चनपुरको आयोजनामा पहिलो पटक एलबिटि सामुहिक एक दिने भेला कार्यक्रमको आयोजना गरेको थियो।

सामुहिक भेला कार्यक्रममा महिला समलिङ्गी र पुरुष तेस्रोलिङ्गि समुदायको उपस्थिति रहेको र उनी हरुले भोक्नु परेका समस्याको समाधानका उपाय लाई खोजी गर्ने मुख्य उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको सहयात्रा नेपाल कञ्चनपुरका कार्यक्रम संयोजक चाल्स वोन सिजापतीले बताएका छन।

Arus
Karnali Traders

उक्त कार्यक्रममा उपस्थित लक्ष्यित समुदायहरुले स्थानीय सरकार ,प्रदेश सरकार देखि लिएर केन्द्रिय सरकारले हक अधिकार देखि लिएर शिक्षा ,स्वास्थ्य रोजगार लगायतका क्षेत्रमा कुनै पनि चासो नदेखाएको हुँदा अन्याय गरेको भन्दै आपत्ति जनाएको र आफुहरु लाई पनि रोजगारीको सिर्जना सरकारले गर्नु पर्ने यो कुरो प्रती चासो र ध्यानाकर्षण गर्नु पर्ने बताएका छन ।

उक्त कार्यक्रममा महिला समलिङ्गी राज चौधरीले आफ्नो बाल्ले कालदेखि अहिले सम्मको आफ्नो निरन्तर चलिरहेको जिन्दगी र जीवनकालमा भोगेका समस्या चुनौतीको बारेमा प्रकाश परेकी थिइन।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.