सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वैज्ञानिक वन व्यवस्थापन आवश्यक: राज्यमन्त्री रावल

658
Sana Kishan

महेन्द्रनगर ८ साउन ।
वन संरक्षणका लागि वैज्ञानिक वन व्यवस्थापन महत्वपूर्ण भएको सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावले बताए ।
कृष्णपुर नगरपालिका–८ मा रहेको विरेन्द्र सामुदायिक वनमा वृक्षरोपण कार्यक्रममा बोल्दै राज्यमन्त्री रावलले कञ्चनपुरका सबै सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।
‘वैज्ञानिक वन व्यवस्थापनको अवधारण राम्रो छ, यो कार्यक्रमलाई सबै वनमा लागु गर्नु आवश्यक छ,’ उनले भने । कञ्चनपुरका १० वटा सामुदायिक वनमा वैज्ञानिक वन व्यस्थापन कार्यक्रम सञ्चालन भएको छ। १० मध्ये ७ मा कार्यक्रम कार्यान्वयन भएको छ भने ३ सामुदायिक वनमा कार्यान्वयन हुने तयारीमा छ। उनले सुदूरपश्चिम प्रदेश सरकारले वृक्षारोपण कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गरेको बताए ।
‘संघीय सरकारको अभियानलाई हामीले यहाँ पनि निरन्तरता दिएका छौं, सार्वजनिक स्थल तथा खाली जग्गामा बिरुवा रोप्ने कार्य भइरहेको छ,’राज्यमन्त्री रावलले भने,’‘हामी सबैले विरुवाको संरक्षणमा पनि जोड दिनुपर्छ ।’
साथै राज्यमन्त्री रावलले समग्र प्रदेशको विकासका लागि प्रदेश सरकार लागि परेको बताए । उनले प्रदेश सरकारले सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको विकासलाई प्राथमीकतामा राखेको बताए ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.