सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भिनपाको सहयोगमा तीन वर्षपछि घर बाहिर निस्के ओखेडा

महेन्द्रनगर, ७ साउन
तीन वर्षदेखि घर बाहिर निस्कन नसकेका भीमदत्त नगरपालिका वडा नं. १४ का एक युवकलाई ह्विल मेयर प्रदान गरिएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले पूर्ण रुपमा अशक्त माधव ओखेडाको घरमा मंगलबार ह्विलचेयर प्रदान गरेका छन् ।

ह्लिचेयर पाएपछि ओखेडा तीन वर्षपछि पहिलो पटक घर बाहिर आएका छन् । घर बाहिर निस्केका उनलाई उनकी आमा नन्दादेबी, नगर प्रमुख विष्ट, वडा अध्यक्ष उत्तम बहादुर विष्ट सहितले ह्विलचेयरमा बसाएका छन् ।

पूर्ण रुपमा शारीरिक असक्त भएर घर बाहिर निस्कन नसकेको जानकारी आएपछि बाहिर आउजाउ र हिँडडुलका लागि ह्विलचेयर सहयोग गरिएको नगर प्रमुख विष्टले बताए ।
‘पूर्ण रुपमा शारीरिक अशक्तता भएर घर बाहिर निस्कन सक्दैन भन्ने जानकारी पायौ, त्यसपछि भित्रबाट बाहिर ल्याउन र हिँडडुल गर्न सजिलो होस भनेर ह्लिचेयर सहयोग गरिएको छ’ उनले भने ।
वडा अध्यक्ष विष्टले नगर प्रमुखलाई ओखेडालाई सहयोगका लागि आग्रह गरेका थिए ।
केही वर्ष अघि प्रवेशिका परीक्षा दिएपछि नोकरी गर्न भागेर भारतको बैङलोर गएका ओखेडामा दुई वर्षपछि आँखामा समस्या भएर घर फर्किएका थिए । भारतमा शल्यक्रिया गराएपछि दुबै आँखा बन्द भएका उनी त्यसपछि कमजोर भएका थिए ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

‘आँखाको समस्या थियो, दिल्लीमा अपरेसन गरियो, त्यसले दुबै आँखा बन्द भए, त्यसपछि त हात खुट्टा चलाउन सक्दैन, ओछ्याउनबाट उठ्न सकेन’ उनकी आमा नन्दादेबीले भनिन्, ‘आँखा देख्दैन, हात खुट्टा चलाउन सक्दैन ।’ उनलाई ओछ्यानमा खाना खुवाउने गरिएको छ भने उनी ओछ्यानमै दिसा पिसाब गर्छन् ।

Dirghayu Ads

सरस्वती माध्यमिक विद्यालय परखेडीबाट एसएलसी दिएका २६ वर्षिय ओखेडाका दाई बैङ्गलोरमा काम गर्छन् । उनलाई आमाले स्याहार सुसार गर्दै आएकी छन् ।
भीनपा १४ का अध्यक्ष विष्टले घरदैलोमा आउँदा खटियामा पल्टि रहेको देखेर सोधेपछि समस्या थाहा पाएको बताए । ‘घरमा आउँदा पल्टि रहेको देखे, सोध्दा त यस्तो समस्या रहेछ भन्ने आयो’ उनले भने ।

वडा कार्यालयले यस वर्ष उनलाई ह्विलचेयरका लागि बजेट विनियोजन गरेको अध्यक्ष विष्टले बताए ।पूर्ण रुपमा अशक्त ओखेडाले अहिलेसम्म परिचयत्र पत्र बनाएको छैन । मेडिकल रिपोर्ट नभएकाले परिचय पत्र बनाउन नसकिएको हो । ‘ओछ्यानबाट उठ्न नसकेपछि अस्पताल लगेर रिपोर्ट बनाउन सक्ने अवस्था भएन,’ उनका आफन्त विरेन्द्र ओखेडाले भने ।
भीनपाका नगर प्रमुख विष्टले ओखेडाका मेडिकल रिपोर्ट बनाएर परिचय पत्र प्रदान गरी सेवा सुविधा प्रदान गरिने बताए ।

‘अब मेडिकल रिपोर्ट बनाएर परिचयत्र प्रदान गरी सेवा सुविधा उपलब्ध हुन्छ’ उनले भने । नगर प्रमुख विष्ट, वडा अध्यक्ष विष्ट, भीनपा कार्यपालिका सदस्य वसन्ती राना, नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरका मन्जु जोशी, समाजसेवी परमल साउँद लगायतका ह्विल चेयर वितरण कार्यक्रममा सहभागी भएका छन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.