सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डेढ महिनापछि कैलालीका हावाहुरी पीडितलाई राहत

620
Sana Kishan

धनगढी : धनगढी उपमहानगरपालिकाले हावाहुरी आएको डेढ महिनापछि पीडितलाई राहत वितरण गरेको छ। जेठ २३ गते कैलाली र कञ्चनपुरमा भीषण हावाहुरी आएको थियो।

हावाहुरीले कैलाली र कञ्चनपुरमा ठूलो मात्रामा भौतिक क्षति गरेको थियो। धनगढी उप-महानगरपालिकाले मंगलबारदेखि राहत वितरण गर्न सुरु गरेको हो। उपमहानगर- १५ बाट राहत वितरण सुरु गरेको मेयर नृपबहादुर वडले बताए । पीडितको एकिन विवरण संकलन, छानविन लगायत कारणले राहत वितरणमा ढिलाइ भएको उनले बताए।’हावाहुरी पीडितलाई तत्काल दिनुपर्ने राहत तुरुन्तै वितरण गरेको हो,’ मेयर वडले भने, ‘नगरमा राहत बाड्नमा केही ढिलाइ भएको हो।’

Arus
Karnali Traders

नगरस्तरीय विपद् व्यवस्थापन उप-समितिका संयोजक प्रेमबहादुर विकले धनगढी उप-महानगरपालिका क्षेत्रमा २ हजार ५ सय ४६ जना राहत पाउने बताए। जसमध्ये ३ परिवारले पूर्ण प्रभावित छन्।

आंशिक क्षति भएकाले ५ हजार र पूर्ण क्षति भएकाले १० हजार राहत पाउने भएका हुन्। संयोजक प्रेमबहादुर विकले जिल्ला विपद व्यवस्थापन समितिको निर्णय र मापदण्ड अनुसार राहत वितरण भइरहेको उनले दावी गरे।

धनगढी हावाहुरी पीडितलाई विभिन्न बैंक संघ संस्थाले पनि आर्थिक रकम सहयोग गरेका हुन्। प्रदेश सरकारले पनि हुरी पीडितलाई जिल्ला प्रशासन मार्मत स्थानीय तहलाई आर्थिक रकम दिएको हो।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.