सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शोकमा डुब्यो गुल्मी : पहिरोले आधा दर्जन घर बगाउदा १३ जनाको मृत्यु

काठमाडौ । केही हप्ता पहिलेदेखि भएको लगातार वर्षापछि झण्डै १०० जनाले ज्यान गुमाएका थिए । यो बीचमा अहिले फेरि सुरु भएको वर्षाले फरक स्वरुप लिन थालेको छ । गुल्मी सत्यवती गाउँपालिकाको वडा ३ ठूलोलुम्पेक र वडा ४ लिम्घामा पहिरोले घर बगाउदा १३ जनाको मृत्यु भएको छ ।

सोमबार राती आएको अविर वर्षाका कारण पहिरोले घर बगाउँदा मृत्यु हुनेको संख्या १३ पुगेको हो । सत्यवती गाउँपालिका वडा ४ लिम्घामा ४ घर बगाउदा ८ जनाको श ब फेला परेको गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिनुभयो । चार घरमा कति जना थिए र अन्यको अवस्थाको बारेमा नखुलेको ढकालले बताए ।

Sana Kishan

उद्धारका लागि स्थानीयको टोली लागेको र प्रहरीको टोली पनि पुग्न लागेको उनले बताउनुभयो । यस्तै ठूलोलुम्पेकमा स्थानीय ३० बर्षीय तिलकुमारी तरामू ,उनका छोरा बर्ष ७ का दर्शन तरामुको मृत्यु भएको स्थानीय जितबहादुर तरामुले जानकारी दिए । यस्तै उनकी १२ बर्षीया छोरी करिष्मा र १४ बर्षकी छोरी धनी तरामु घाइते भएका छन् ।

World Link Ads
Mahakali Polytechnic

ठूलोलुम्पेकको दांगसिंगामा राति घर बगाउदा रुद्धबहादुर बिक की आमा माया बिक, छोरी ववि बिक, छिमेकी शर्मिला बिकको घरमा पुरिएर मृत्यु भएको आशंका गरिएको छ । तर, उनीहरुको श व भेटिएको छैन् । अबिरल बर्षा भईरहेका कारण प्रहरीको टोली त्यसतर्फ पुग्न सकेको छैन बाटोमा पहिरो गएका कारण पनि घटनास्थलमा जान समय लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

Dirghayu Ads

घटना स्थलमा जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक मिन घलेको नेत्तृवमा प्रहरीको टोली त्यस तर्फ गएको र यर्थात् विवरण त्यस पश्चात आउन सक्ने जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.