सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

महाकाली चार लेन पुल आयोजना: बजेट सकियो, निर्माण कार्य सुस्तायो

मदन गिरी
महेन्द्रनगर ७ साउन । कञ्चनपुरस्थित महाकाली नदीमा नेपालले निर्माण गर्न लागेको चार लेन पुल आयोजनाको निर्माण कार्य सुस्त गतिमा भईरहेको पाईएको छ ।
सन् २०१७ अगस्तबाट निर्माण कार्य सुरु भएको चार लेन पुल आयोजनाको हालसम्ममा ३५ प्रतिशत मात्रै निर्माण कार्य सम्पन्न भएको छ । महाकाली पुल आयोजनाका ईन्जिनियर शुलभ न्यौपानेले गत आर्थिक वर्ष २०७५÷७६ सम्ममा आयोजनाको ३५ प्रतिशत भौतिक प्रगती भएको बताए ।

उनका अनुसार उनका अनुसार अहिले आठ सय मिटर लामो मुख्य पुल निर्माण कार्य अन्र्तगत १७ वटा पिलर निर्माण भईसकेका छन् । भने चार सय आठ वटा पाईल रहने उक्त पुलमा दुई सय १५ पाईल राखिसकिएको छन । त्यस्तै पुल आयोजन अन्र्तगत निर्माण हुन लागेका गड्डाचौकी र भुजेला पुलको निर्माण कार्य अन्तिम चरणमा रहेकोे ईन्जिनियर न्यौपानेको भनाई छ ।

गड्डाचौकी देखि महाकाली पुलसम्म निर्माण गरिने ८.५ किलोमिटर सडकको वेस तयार भईरहेको आयोजनाले जनाएको छ । त्यस्तै नदी कटानी नियन्त्रणका लागि माहाकाली नगरपालिका क्षेत्रमा निर्माण गरिने तनि वटा स्र्पस तयार भईसकेका छन भने भीमदत्त नगरपालिका क्षेत्रमा पर्ने चार स्पर्षमा दुई वटाको निर्माण कार्य सम्पन्न भई सकेको छ । पुल आयोजनाका छिटफुल निर्माण कार्य सम्पन्न हुने अवस्थामा भएपनि समग्र आयोजनाको भौतिक प्रगति न्यून रहेको ईन्जिनियर न्यौपानेले स्वीकार गरे ।

World Link Ads
Mahakali Polytechnic

‘पुल आयोजना अन्र्तगत पर्ने पुल, नदी नियन्त्रणका लागि स्पर्ष लगायत सडक निर्माण कार्य जारी तर समग्र भौतिक प्रगति कम देखिन्छ, त्यसैले आयोजनाको नौ महिना म्याद थप भईसकेको छ’ । उनले भने । सन २०२० सेप्टेम्बरसम्म आयोजनाको निर्माण कार्य लक्ष्य पुरा नहुने भएपछि विभागले नौ महिना म्याद थप गरेको छ । दोस्रो पटक थप गरिएको म्याद अनुसार सन् २०२१ जुनसम्ममा आयोजनाले पुल निर्माण गरि सक्नु पर्ने छ ।

Dirghayu Ads

नेपाली कम्पनी कुमार श्रेष्ठ र सिएफईसी चिनियाँ कम्पनिले संयुक्त रुपमा निर्माण गरिरहेको उक्त चार लेन पुल आयोजना निर्माणका लागि तीन अर्व २९ करोडमा ठेक्का सम्झौता भएको छ ।
मुख्य पुलको निर्माण कार्य रोकीयो

Sana Kishan

महाकाली पुल आयोजना अन्र्तगत बन्न लागेको मुख्य चारलेन पुलको निर्माण कार्य रोकीएको छ । वर्षात सुरु भएसँगै काम गर्ने वातावरण प्रतिकुल भएको भन्दैँ आयोजनाले पुल निर्माण कार्य रोकेको जनाएको छ ।
आयोजनका ईन्जिनियर न्यौपानेले वर्षातको समयमा नदीको बहाव अत्यधिक हुने भएकाले नदी क्षेत्रको निर्माण कार्य रोकेको बताए । उनका अनुसार आयोजनाको मुख्य आड सय मिटर पुलको निर्माण रोकएिको हो ।
भारतको मनोमानिले पुलको निर्माण कार्य प्रभावित

महाकाली नदीमा नेपालले निर्माण गर्न लागेको चार लेन पुल भारतको मनोमानिका कारण प्रभावित बनेको छ ।
भारतले बनबासा ब्यारेजबाट बिना सुचना मनोमानि किसिमले पानि छोड्ने गरेकाले पुल निर्माणमा समस्या आईरहेको छ ।
भारतले शारदा ब्यारेजबाट बिना सुचना पानि छोडे गरेको पाईएको छ । बिना सुचना ब्यारेजको पानि छोड्दा पुल निर्माणम समस्या हुने गरेको महाकाली चार लेन पुल आयोजनाले जनाएको छ ।
आयोजनाका ईन्जिनियर न्यौपानेले भारतले पनि छोड्दा नदीका पानिको बहाव बढ्ने भएकोले काम गर्न गर्न समस्या हुने गरेको बताए । शारदा नहरमा पानि नियन्त्रण गर्न शारदा ब्यारेजको हैड वक्र्सले महाकाली पुल आयोजना जतिबेला पनि छोड्नु पर्ने भएकाले सचेत रहन पत्राचार गरेको छ । भारतको सो रवैयाले पुल निर्माण कार्य प्रभावित बन्न थालेको हो ।

विनियोजित बजेट सकियो २० करोड थप

महाकाली पुल आयोजना अन्र्तग गत आर्थिक वर्षमा विनियोजित सबै बजेट सकिको छ । आर्थिक वर्ष २०७५÷७६ मा पुल आयोजनाका लागि ६९करोड पुजीगत बजेट बिनियोजन गरिएको थियो । आयोजनाका नासु प्रताप चन्दले आयोजनाको सबै विनियोजित बजेट खर्च भएको बताए । उनका अनुसार विनियोजित बजेट सकिएपछि आयोजनाले २० करोड रुपयाँ थप बजेट माग गरेको थियो । बजेट मागपछि गत जेठमा विभागबाट आयोजनालाई उक्त बजेट प्राप्त भएको उनको भनाई छ । त्यस्तै मुआब्जाका लागि विनियोजित बजेट भने तीन करोड बाँकी रहेको उनको भनाई छ । ‘मुआब्जाका लागि विनियोजित बजेट २० करोड बजेटमा तीन करोड बाँकी छ, उक्त रमक ३÷४ जग्गा धनीको घरायसी विवादका कारण खर्च हुने सकेन’ उनले भने ।
मुआब्जा वितरण अन्तिम चरणमा

महाकाली पुल आयोजनाले अतिक्रमीत जग्गाको मुआब्जा विरतण अन्तिम चरणमा रहेको जनाएको छ । करिब आधा हेक्टर जग्गा अतिक्रमण गरेको आयोजनाले अधिकांश जग्गा धनिलाई मुआब्जा वितरण गरि सकेको छ । आयोजना कार्यायलका नासु प्रताप चन्दले तीन सय परिवारलाई मुआब्जा वितरण गरिसकेको बताए ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.