सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

देशमै लक्ष्य भन्दा बढी राजस्व संकलनमा आन्तरिक राजस्व कार्यालय महेन्द्रनगर अगाडी

797
Sana Kishan

मदन गिरी
महेन्द्रनगर ७ साउन ।
आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले वार्षीक लक्ष्यको ३२ प्रतिशत बढी राजस्व संकलन गरेको छ ।
गत आर्थिक वर्ष २०७५÷७६ मा एक अर्व ६१ करोड ७४ लाख ७४ हजार राजस्व संलकन गर्ने लक्ष्य लिएको आन्तरिक राजस्व कार्यालयले ५१ करोड १९ लाख ८७ हजार बढी राजस्व संकलन गर्न सफल भएको हो ।
आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरका प्रमुख कर अधिकृत लेखनाथ शर्माले गत आर्थिक वर्षमा दुई अर्व १३ करोड ७३ लाख ५० हजार राजस्व संकलन भएको बताए ।
उनका अनुसार साविक महाकाली अञ्चल कार्यक्षेत्र रहेको आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले गत आर्थिक वर्षमा लक्ष्य भन्दा बढी राजस्व संकलन गर्न सफल भएको हो । आन्तरिक राजस्व कार्यालय महेन्द्रनगर देशकै लक्ष्य भन्दा बढी राजस्व संकलन गर्ने राजस्व कार्यालयमा परेको छ ।

राजस्व कार्यालयले गत आर्थिक वर्षमा आय करबाट ५४ करोड ८९ लाख ३२ हजार, मुल्य अभिवृद्धि करबाट ५३ करोड ६० लाख १५ हजार, आन्तरिक करबाट ९६ करोड ५८ लाख ५२ हजार र ब्याजमार्फत एक करोड ९३ लाख ९० हजार राजस्व संकलन गरेको छ । राजस्व कार्यालयले मुल्य अभिवृद्धि करमा २७ प्रतिशत, आन्तरिक करमा ६१ प्रतिशत र ब्याजमा २० प्रतिशत लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ भने आय करमा लक्ष्य भन्दा छ प्रतिशत कम राजस्व अशुली भएको छ ।

Arus
Karnali Traders

त्यस्तै स्वास्थ्य सेवा कर मार्फत नौ लाख नौ हजार, शिक्षा कर ३९ लाख १२ हजार र घर बहाल कर छ करोड २३ लाख ४० हजार संकलन गरेको प्रमुख कर अधिकृत शर्माले बताए ।
कर संकलनका लागी कार्यालयले कर दाता शिक्षा कार्याक्रम सञ्चालन, बजार अनुगमनलाई निरन्तरता, सरकार निति तथा कार्यक्रमको प्रभावकारीकार्यायन्वयन, बक्यौता कर अशुलीमा कडाई र अन्तर कार्यालय समन्वय लगायतका कारणले वार्षीक लक्ष्य भन्दा बढी राजस्व संकलन भएको प्रमुख कर अधिकृत शर्माको भनाई छ ।

‘करदातालाई करले होईन रहरले कर तिर्ने बानिको विकासका लागि पहल गरिरहेका छौँ, सबै करदातालाई करको दायरामा ल्याउन महत्वपुर्ण प्रयास गरिएको छ’ प्रमुख कर अधिकृत शर्माले भने ‘बजारमा हुने विभिन्न किसिमको कर छलिका गतिविधि नियन्त्रण गर्दैँँ, कार्यालयको चुस्तदु्रस्त व्यवस्थापनसँगै कर संकलनको संयन्त्रलाई प्रभावकारी बनाउन लागि परेका छौँ’ उनले भने ।

राजस्व कार्यालयले गत आर्थिक वर्षमा डडेल्धुरामा शाखामा कार्यालय खोल्नुका साथै कर संकलन काउन्टर विस्तार समेत गरेको छ ।
आन्तरिक राजस्व कार्यालय महेन्द्रनगर पछिल्ला दुई वर्ष यता लगातार देशकै उत्कृष्ट कर कार्यालय घोषणा भईसकेको छ । राजस्व कार्यालयले आर्थिक वर्ष २०७४÷७५ मा एक अर्व ४८ करोड सात लाख ६९ हजार राजस्व अशुली गर्दै लक्ष्य भन्दा २४ प्रतिशत बढी कर संकलन गरेको थियो ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.