सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको कुलाउ बजारमा खानेपानीको हाहाकार।

629
Sana Kishan

नरेश तिवारी
बैतडी/ जिल्लाको पन्चेश्वर गाउपालिका वार्ड न.३ मा पर्ने कुलाउ बजारमा खानेपानीको अभाव भएको छ। गर्मीयाम शुरु भएसंगै पानीका मुहानहरुमा खानेपानीको मात्रा कम हुन थालेपछी कुलाउ बजारमा मात्रै नभएर पन्चेश्वर गाउपालिकाका बिभिन्न वार्डहरुमा खानेपानीको अभाव भएको हो।
शुनपातली खानेपानी योजनामा र बगरेठी गाड खानेपानी योजनाबाट पन्चेश्वरको कुलाउ बजारमा अहीले खानेपानीका २ वटा धारा भएपनी बजारका स्थानीय ब्यापारीहरुलाई खानेपानीको अभाव समय समय मा भएकै हुन्छ। स्थानीय बजार कुलाउ का बासीन्दाहरुले खानेपानीको लागी धारामा पानी भर्न जादा कम्तीमा १ घण्टा को समय लिएर कुर्नुपर्ने बाध्यता रहेको छ।

Karnali Traders

उक्त स्थानीय बजार कुलाउ मा अहिले कुलाउ स्वास्थ्य चौकी मा एउटा खानेपानी धारा रहेको छ भने अर्को खानेपानीको धारा कुलाउ बजारमै रहेको छ। स्थानीय बजार कुलाउका बासीन्दाहरु ले बेलुकी ५ बजेको समयमा र बिहान ८ बजेको समयमा १ घण्टाको समय लिएर पानी लिनुपर्ने अवस्था रहेको छ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.