सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

खाद्य संकट हुन नदिन बैतडीमा फुड बैंक स्थापना

549
Sana Kishan

बैतडी : विपद् पछि खाद्य संकट हुन नदिन बैतडीमा फुड बैंक स्थापना गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समिति र उद्योग वाणिज्य संघको पहलमा विपद्मा परेका ५ सय व्यक्तिलाई तत्काल खाद्यान्न उपलब्ध गराउने गरी फुड बैंक स्थापना गरिएको हो।

विपद्को बेला खाद्य संकट हुने भएकाले त्यस्तो संकट आउन नदिनका फुड बैंक स्थापना गरिएको जिल्ला विपद् व्यवस्थापनका समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए। उनले भने, ‘आपतकालिन अवस्थामा खाद्यान्न आपूर्तिका लागि हामीले फुड बैंक स्थापना गरेका हौं। ५ सय जनालाई ३ दिनसम्म पुग्ने गरेर फुड बैंकको स्थापना गरेका छौं। विपद्को समयमा तत्काल खाद्यान्नको जोहो गर्न समस्या हुने भएकाले हामीले पूर्व तयारी स्वरुप फुड बैंक स्थापना गरेका हौं।’

Arus

जिल्ला प्रशासन कार्यालय र उद्योग वाणिज्य संघ बैतडीबीच आपतकालिन खाद्यान्न आपूर्तिका लागि समझादारी गरेर फुड बैंक स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।

Karnali Traders

एकै पटक ५० भन्दा बढी मानिस विपद् प्रभावित भएमा फुड बैंकबाट खाद्यान्न उपलब्ध गराइने उद्योग वाणिज्य संघ बैतडीका उपाध्यक्ष खीमानन्द भट्टले बताए। उनका अनुसार विपद्मा परेका नागरिकलाई सहयोग पुर्‍याउने उद्देश्यले १लाखको लगानीमा फुड बैंकको स्थापना गरिएको हो।

विपद्को समयमा १ केजी चिउरा, ३ प्याकेट चाउचाउ, ३ गोटा बिस्कुट र आधा केजी दालमोठसहितको प्याकेटमा फुडबैंकबाट खाद्यान्न उपलब्ध गराउन उत्सव सप्लायर्ससँग सम्झौता गरिएको उपाध्यक्ष भट्टले बताए।

यस्तै विपद्मा परेका परिवारलाई गैरखाद्य सामग्री उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटीले पनि गोदाम स्थापना गरेको नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीका सभापति भीमदत्त पाण्डेयले बताए। जिल्ला शाखामा ५० परिवारलाई पुग्ने गरी गैरखाद्य सामग्री भण्डारण गरिएको छ ।

जिल्लामा ठूला विपद आइलागेमा रेडक्रसको उपक्षेत्रीय गोदाम खोड्पेबाट गैरखाद्य सामग्री उपलब्ध गराउने व्यवस्था गरिएको रेडक्रसका कार्यक्रम अधिकृत तेजप्रसाद पाण्डेयले बताए। उनले भने, ‘बैतडीको खोड्पेमा तीन जिल्ला हेर्ने गरेर उपक्षेत्रीय गोदाम छ। त्यसमा पनि गैरखाद्य सामग्री मौजुद राखिएको छ। विपद्मा परेका नागरिकलाई सो गोदामबाट गैरखाद्य सामग्री वितरण गर्दैआइरहेका छौं।’

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.