सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भीनपा-१ का वडाध्यक्ष कुँवरले बाँडे असहाय नागरिकलाई ढाई लाख तलब

2,327
Sana Kishan

मदन गिरी ।
महेन्द्रनगर ५ साउन । कञ्चनपुरको भीमदत्त नगरपालिका–१ नम्बरका वडाध्यक्ष आसेफ कुँवर(भुन्टु)ले आफ्नो तलबको रकम बाट जेष्ठ नागरिकलाई वितरण गरेका छन् ।
आईतबार अध्यक्ष कुँवरले आर्थिक बर्ष २०७५÷७६ को सम्पुणर््ां दुई लाख ६४ हजार तलब वडाका जेष्ठ नागरिक र पुर्ण तथा अशक्त अपाङ्गता भएका व्यक्तिलाई वितरण गरेको हो । वडाध्यक्ष कुँवरले दामासाहि रुपमा वडा कार्यालय र गाउँमै पुगेर नगद रकम वितरण गरेका हुन् ।

१५ सयका दरले १ सय ५० जना जेष्ठ नागरिक र पुर्ण अपाङ्गता भएका व्यक्तिलाई रकम वितरण गरेका छन् ।
अध्यक्ष कुँवरले वडाबाट उनीहरुको कार्ड बनाएर रकम वितरण गरेका छन् । वडाध्यक्ष कुँवरले गत बर्षदेखि आफुले पाउने पारिश्रमिकको रकम नलिने घोषणा गरेका थिए । गत बर्ष पनि जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई तलबको रकम वितरण गरेका थिए ।

Arus

अध्यक्ष कुँवरले निर्वाचनकै बेला जनतासंग गरेको बाचा अनुसार सरकारले दिने तलब नलिने घोषणा गरेका थिए । ‘मैले पाउने पुरै रकम असाहय नागरिकलाई नै दिन्छु, ‘वडाध्यक्ष कुँवरले भने, ‘म पाँचै बर्षको कार्यकालको रकम लिदैन् ।’ वडाध्यक्ष कुँवरले आफ्नो तलबबाट रकम वितरण गरेपछि जेष्ठ नागरिक र पुर्ण अपाङ्गता भएका व्यक्ति हर्षित भएका छन् ।

Karnali Traders

वडाका सक्क्त विरामी र अशक्तको समेत कार्ड बनाएर उनीहरुलाई समेत १५ सयका दरले रकम वितरण गर्ने अध्यक्ष कुँवरले बताए । नेपाली काँग्रेसबाट वडाध्यक्षमा निर्वा्चित कुँवरको समाजिक कामप्रति वडामा प्रसंसा गरिएको छ । सामाजिक सुरक्षाका अतिरित्त भत्ता पाएपछि जेष्ठ नागरिक खुसि भएका छन् ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.