सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अखिल क्रान्तिकारीद्वारा ‘नो टेक्स नो एनसेल’ अभियान

श्रावण १
नेकपा विप्लव निकट अखिल क्रान्तिकारीले ‘नो टेक्स नो एनसेल’ तथाा एनसेल बहिस्कार अभियान थालेकाे छ । अखिल क्रान्तिकारीले बुधबारदेखि कञ्चनपुरमा पनि ‘नो टेक्स नो एनसेल’ बहिस्कार अभियान गरेको हो ।
अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष नरेन्द्र भाटले एनसेल कम्पनीले राज्यलाई कर नतिरेसम्म अभियान जारी हुने बताए । अध्यक्ष भाटले सरकारलाई एनसेल कम्पनीले तिनुपर्ने सबै रकम तिनुपर्नेमा जोडदिए । अध्यक्ष भाटले एनसेलका पोष्टर समेतमा आगो लगाएको बताए ।
अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रकास जप्रेसलले कञ्चनपुरभरी अभियान संचालन गरिने बताए । सरकारलाई कर नतिर्ने बिरुद्ध विप्लव क्रान्तिकारीले संघर्ष गर्ने चेतावनी दिएको छ

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.