सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अखिल क्रान्तिकारीद्धारा शवयात्राबाट पक्राउ गरिएका केन्द्रीय सदस्यको रिहाईको माग

महेन्द्रनगर ४ साउन ।
अखिल क्रान्तिकारीले शवयात्राबाट पक्राउ गरिएका संगठनका केन्द्रीय सदस्य प्रकाश जप्रेलको रिहाईको माग गरेको छ । बिहिवार साझ कैलालीमा भएको विष्फोटमा परि ज्यान गुमाएका राम सिहको शवयात्रामा सहभागी भएका अखिल क्रान्तिकारी केन्द्रीय सदस्य जप्रेललाई प्रहरीले पक्राउ गरको थियो ।

Sana Kishan

उक्र घटनालाई लिएर अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) सेति महाकाली क्षेत्रीय समन्वय समितिले प्रेस विज्ञप्ती मार्फत ध्यार्नाकर्षण भए
को जनाएको छ ।
क्षेत्रीय समन्वय समितिका संयोजक विरेन्द्र शाहले विज्ञप्तीमा विद्यार्थीहरुको हरु हकहितका लागि संघर्षरत विद्यार्थी नेतामाथीको दमन निन्दनिय रहेको जनाएको छ ।
घरपकड रोक्न आग्रह गर्दैँ विज्ञप्तीमा भनिएको छ ‘विद्यार्थी नेतामाथिको घरपकड रोक्न आग्रह गर्दा पनि आफ्नै कानुनको उल्लंघन गर्दै स्वतन्त्रतापूर्वक हिडडुल गर्न पाउने ,बोल्ने पाउने , विद्यार्थीको पढन पाउने मौलिक हक प्रशासनबाट हनन् भईरहेकोमा संगठनको आपक्ति छ’

त्यस्तै शवयात्रामा सहभागी भई फर्किने क्रममा पक्राउ गरिएको सबै कार्यकर्तालाई तत्काल रिहाईको माग गरिएको छ । साथै माग संवोधन नभए कडा संघर्षका कार्यक्रम गरिने चेतवनी समेत दिईएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.