सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भैँसी पाल्ने किसानलाई १ लाख अनुदान

साउन ३, चितवन । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले दुहुना भैँसी पाल्ने किसानलाई रू. एक लाख अनुदान वितरण गरेको छ । बिहीवार एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले तीन दुहुना भैँसी पाल्ने आठ कृषकलाई जनही रू. एक लाखको चेक हस्तान्तरण गरेका हुन् ।

आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रमअनुसार उक्त रकम वितरण गरिएको अध्यक्ष गुरुङले बताए । किसानलाई व्यावसायिक बनाउन र कृषि पेशातर्फ आकर्षित गर्नका लागि उक्त कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ । साथैँ गाउँपालिकाले बिहीवार नै युवा लक्षित व्यावसायिक तरकारी तथा फलफूल खेतीतर्फ आठलाई जनही रू. एक लाखका दरले अनुदान हस्तान्तरण गरेको छ ।

Sana Kishan

गाउँपालिकाले बाख्राखोर सुधारका लागि २० लाई जनही रू. २५ हजार, व्याड बोकाका लागि २० लाई जनही रू. ४० हजार र बङ्गुरपालनतर्फ दुई किसानलाई पनि जनही रू. २५ हजारको चेक हस्तान्तरण गरिएको थियो ।

World Link Ads
Mahakali Polytechnic

गाउँपालिकाले तोकिएको मापदण्डभित्र रहेर किसान वा फार्मलाई कृषि र पशुपालनमा अनुदान दिएको हो । युवा किसानलाई प्रोत्साहित गर्न पशुपालन, मौरीपालन, सुन्तला खेती र युवा किसानका लागि आवेदन माग गरेर सकारात्मक कार्यको थालनी गरेको भन्दै किसान खुशी भएका छन् । अनुदानका कार्यक्रम सञ्चालन गरेपछि गाउँपालिकाभित्र व्यावसायिक कृषि पेशातर्फ किसान आकर्षित भएका छन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.