सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरमा १ अर्ब ७१ करोड बजेट फ्रिज

मदन गिरी
साउन २, महेन्द्रनगर । कञ्चनपुरमा आर्थिक वर्ष २०७५/७६ मा १ अर्ब ७१ करोड ५८ लाख ७६ हजार ५११ रुपैयाँ बजेट फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय कञ्चनपुरका अनुसार जिल्लास्थित विभिन्न सरकारी कार्यालयले प्राप्त बजेट खर्च गर्न नसक्दा गत आर्थिक वर्षमा प्रदेश र केन्द्र सरकारको चालू तथा पूँजीगत अन्तर्गतको उक्त बजेट फ्रिज भएको हो ।

कञ्चनपुरका कोष नियन्त्रक खेमराज ओझाका अनुसार जिल्लामा संघीय सरकारबाट प्राप्त पूँजीगत बजेटको ८८ दशमलव ७ प्रतिशत बजेट खर्च भएको छ भने चालू खर्च ९३ प्रतिशत रहेको छ । संघीय सरकारबाट प्राप्त ४ अर्ब १९ करोड ८० लाख ६१ हजार ३०० रुपैयाँ पूँजीगत बजेटमा ३ अर्ब ७२ करोड ४० लाख ६८ हजार रुपैयाँ खर्च भएको कोष नियन्त्रक ओझाको भनाइ छ ।

Sana Kishan

त्यस्तै चालू खर्चतर्फ ६ अर्ब ७१ करोड १९ लाख ३० हजार ४०० रुपैयाँ प्राप्त भएकोमा ६ अर्ब २७ करोड ७४ लाख १७ हजार २०० रुपयाँ खर्च भएको छ । विगतको तुलनामा गत आर्थिक वर्षमा जिल्लाको चालू र पूँजीगत खर्च बढेको छ । आर्थिक वर्ष २०७४/७५ मा चालूतर्फ ९२ दशमलव ४९ र पूँजीगत तर्फ ८६ दशमलव ९५ प्रतिशत बजेट खर्च भएको कोलेनिका कञ्चनपुरले बताएको छ ।

World Link Ads
Mahakali Polytechnic

त्यस्तै प्रदेश सरकारबाट प्राप्त बजेटमा चालू तर्फ ७८ प्रतिशत र पूँजीगत तर्फ ८१ प्रतिशत बजेट खर्च भएको छ । सुदूरपश्चिम प्रदेश सरकारबाट चालू खर्च प्राप्त ६४ करोड ८१ लाख ७ हजार ४०० रुपैयाँ बजेटमा ५० करोड ६८ लाख ३ हजार रुपैयाँ खर्च भएको कोष नियन्त्रक ओझाको भनाइ छ । त्यस्तै पूँजीगत खर्चका लागि ३ करोड ५२ लाख ४१ हजारमा २ करोड ८५ लाख ८२ हजार बजेट फिर्ता भएको छ । बजेट सयममा निकासा नहुनु तथा नीति कार्यान्वयन प्रभावकारी नभएकोले बजेट फ्रिज हुने गरेको कोष नियन्त्रक ओझाको भनाइ छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.