सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बर्षादको समयमा डुङगाको भरबाट जोखीमपुर्ण यात्रा गर्दै। पन्चेश्वर र शिवनाथ गाउपालीकाका बासिन्दाहरु।

नरेश तिवारी/बैतडी
जिल्लाको दक्षिणी भेगमा अवस्थीत बैतडीको पन्चेश्वर गाउपालिका र शिवनाथ गाउपालिकाका बासिन्दाहरुले श्रावण र भाद्र महिनाको उर्लदो महाकाली नदीमा जोखीमपुर्ण यात्रा गरीरहेका छन।
जिल्लाको अती दुर्गम र बिकट क्षेत्रमा पर्ने शिवनाथ र पन्चेश्वर गाउपालिका का बासीन्दाहरु भारतीय बजार संग निर्भर रहेका र भारतीय सिमानाका नजिक रहेकाले भारतको कुमाउ,गडवाल,लोहाघाट,चम्पावत,पिथौरागढ बाट दैनिक उपभोग्य सामान नुन तेल लत्ता,कपडा,ल्याउने गर्दछन।
पन्चेश्वर र शिवनाथका बासिन्दाहरुले माहाकाली नदिमा डुङगाको भरबाट जोखीमपुर्ण यात्रा गरेर भारतीय सिमानाका मा झेल्नुपर्ने अवस्था रहिआएको पन्चेश्वर र शिवनाथका स्थानीय हरुको भनाई रहेको छ।
दैनीक सामान खरीद का साथै स्वास्थय उपचारका लागी बर्षेनी भारत धाउनुपर्ने र महाकाली नदिमा पुल नहुदा उर्लीदो नदीमा जोखीमपुर्ण यात्रा गर्नुपर्ने बाध्यता रहिआएको छ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.