सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरमा बुवाले नै छाेरालाई अपहरण गरेपछि…..

2,874
Sana Kishan

मदन गिरी
महेन्द्रनगर १ साउन ।
कञ्चनपुरमा बुवाले नै छोरालाई अपहरण गरेको आरोप लागेको छ । भीमदत्त नगरपालिका–४ बस्दैँ पुरानो बस पार्कस्थित बस्ने छ वर्षीय बालक प्रसान्त कुवर बुवाबाट नै अपहरण भएको आरोप लागेको हो ।
उनका अनुसार गत असार २९ गते महेन्द्रनगरको मोर्निङ ग्लोरीमा यु.केजीमा अध्ययनरत प्रसान्तलाई स्कुलबाटै बुवा नरेन्द्र बहादुर कुवँरले अपहरण गरेका हुन् ।
विगत एक वर्ष देखि परिवारलाई छोडेर भारत गएका नरेन्द्र एकाएक महेन्द्रनगर आई स्कुलबाटै छोरालाई फुकाएर लगेको प्रसान्तकी आमा निर्मला (बुढाएर) कुवँरको आरोप छ ।
उनका अनुसार प्रसान्त स्कुल बिदा भएपछि आफुले अन्तै कोठामा बस्ने गरेको बताउँदै छोरा लिएर फरार भएका छन् ।
‘स्कुल गएको छोरा साझसम्म घर आएन, विद्यालय र प्रशान्तका साथिहरुसँग बुझ्दा उसकै बुवाले लगेको थाहा पाए’ पिडीत निर्मलाले भनिन् ‘हामीलाई छोडेको एक वर्ष भईसक्यो, अर्को बिहे गरेर भारतमा बस्दैँ आएका थिए ।’ आफुलाई जानकारी नगराई छोरालाई लिएर फरार भएको उनको आपक्ति छ ।
नरेन्द्र विगत एक वर्ष देखि भारतको ल्वाघाटमा काम गर्दै आएका थिए । महेन्द्रनगरमै अटो चालक रहेका उनि बिवाहित महिलाई भगाएर भारत लगेका थिए । भारत गएपछि आफुलाई अलपत्र छोडेको निर्मलाको दुखेसो छ ।
नरेन्द्रले जेठी श्रीमती निर्मलालाई कान्छीसँग मिल्न बारम्बार दवाब दिने गरेको उनको दावि छ । गत असार पहिलो हप्ता महेन्द्रनगर आएका नरेन्द्रमाथि उनका माईती पक्षले प्रहरीमा बहुविवाहको उजुरी समेत दिए । तर कान्छी श्रीमतीले नरेन्द्रसँग छुट्टीने सहमती भएपछि उनिहरु विवाद साम्य भएको प्रशान्तका मामा करन सिंह बुढाएरले बताए ।
उनका अनुसार सहमती पनि नरेन्द्र पुनः आफ्नो समान लिन भारत गएका थिए । उनिहरुले प्रहरीमा छुट्टीने सहमती जनाएपनि पछीसगै भारत गएको हुन सक्ने प्रशान्तका मामा करनको दावि छ ।
स्कुलबाट छोरालाई घर लैजान्छु भन्दैँ लागेको नरेन्द्र हालसम्म सम्र्पकमा नआएको प्रहरीको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी दिनेश आचार्यले छोरा लिएर फरार बुवाको हुलिया भारतीय प्रहरीलाई समेत पठाईएको र खोजि कार्य जारीरहेको बताए ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.