सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

विद्यार्थी ठगिको आरोपमा विपिन बुक्स एण्ड स्टेशनर्सका संचालक पक्राउ

लोक सेवा आयोगले विभिन्न पदका आब्हान गरेको दरखास्त आवेदनमा विद्यार्थीलाई ठगेको भन्दै कञ्चनपुरका विद्यार्थी संगठनले महेन्द्रनगरको विपिन बुक्स एण्ड स्टेशनर्स बन्द गराएका छन् । बुधबार बिहान विद्यार्थी संगठनले भीमदत्त नगरपालिका–४ महेन्द्रनगर गल्ती नगर १ स्थित विपिन बुक्स एण्ड स्टेशनर्स बन्द गराएका हुन् ।

प्रमुख प्रतिपक्षीय दल नेवि संघ, सत्तारुढ पुर्व माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र पुर्व एमाले निकट अनेरास्ववियुका विद्यार्थी संगठनले आवेदनकर्ता विद्यार्थीलाई ठगेको भन्दै पसलै बन्द गराएर ठगि गर्नेमाथी कार्बाहीको माग राखेका छन् ।

विपिन बुक्सका संचालकले अधिकाँस विद्यार्थीबाट दोब्बर दस्तुर लिएर पनि फारम नभरेको, भरेपनि प्रमाण पत्र परिर्वतन गराएकाले विद्यार्थी ठग्दै गएपछि पसलै बन्द गराएको विद्यार्थी नेताहरुको भनाई छ । विद्यार्थी संगठनले पसलका संचालकका भाई बताउने खेमराज पौडेल र राजु ढकालाई प्रहरीको जिम्मा लगाएका छन् ।

World Link Ads
Mahakali Polytechnic

लोक सेवा आयोगका फारम भरिदिने भन्दै दोब्बर रकम पनि लिने, र विद्यार्थीको भविष्यथी खेलवाड गरेकाले संचालकका भाई हु भन्ने उनीहरु दुई जनालाई वडा प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले नियन्त्रणमा लिएको छ । प्रहरी नियन्त्रणमा रहेका दुवै जनाले कुनैपनि विद्यार्थी नठगेको बताएका छन् । विपिनका संचालकका भाई बताउने राजु ढकालले कुनैपनि विद्यार्थीलाई नठगेको र हजारौँको काम गर्दा मानविय त्रृटि हुनसक्ने बताएका थिए ।

Sana Kishan

विद्यार्थी ठग्नलाई भन्दा पनि सेवा दिनका लागि रातदिन खटिएको उनको भनाई थियो । उनी विद्यार्थीसंग कहिकतै गल्ती भएपनि त्यसलाई सच्याउन नसकेको बताईरहेका थिए ।

विपिनबाट महिला विकास सहायक र नासुको फारम भरेकी तुलसी कुमारी बोहराको बैंकमा रकम दाखिला गरेको छैन् । दुवै पदमा फारम भर्नका लागि संचालकलाई दोब्बर रकम बुझाएपनि बैंकमा रकम जम्मा नगरिदिदा परीक्षाबाट बञ्चित भएकी छिन् । उनले विपिनका कारण आफ्नो भविष्यमाथी खेलवाड भएको बताएकी छिन् । विपिनले ग्राहकबाट रकम कुम्ल्याउनका लागि सानो रकम फिर्ता गर्नु भन्दा पनि गुणस्तरियहिन चकलेट दिने गरेको छ ।

प्रेम बहादुर रानाले प्राविधिक सहायक पदामा फारम भरेपनि उनलाई समेत बैंक भौचर दिईएको छैन् । ‘मैले दोब्बर दस्तुरमा फारम भरे, ‘उनले भने, ‘तै पनि मैले भौचर पाएन् मेरो पनि फारम भरेको छ, वा छैन ।’ विपिनले उनीहरु जस्तै अन्य विद्यार्थीलाई समेत ठगेको विद्यार्थी संगठनको आरोप छ ।

यस अघि पनि विभिन्न विद्यार्थीलाई ठग्दै मिलाउदै आएको उनीहरुको भनाई छ । प्रहरीले उनले विद्यार्थीलाई ठगे नठगेको विषयमा अध्ययन भईरहेको जनाएको छ । तर, कञ्चनपुरका विद्यार्थी संगठनले ठगि गर्ने जो सुकैलाई पनि कार्बाही नगरे आन्दोनलनको चेतावनी दिएका छन् । विभिन्न बहानामा विद्यार्थीबाट चर्को मुल्य अशुल्ने, रकम लिने, ठग्ने कसैले पीडा पोखेपनि धम्क्याउने गरेको ठगिएका विद्यार्थीले गुनासो पोखेका छन् । पुस्तक पसल सहजका लागि भन्दा पनि ठगि गर्ने धन्दाका रुपमा देखिन थालेपछि सर्वसाधारण समेत हैरान भएका छन् । नजानिने शैलीमा ठग्ने काम अझै रोकिएको छैन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.