सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पाँच दिनअघि हराएका सिंहको शव जंगलमा भेटियो

2,755
Sana Kishan

पाँच दिनअघि हराएका भिमदत्त नगरपालिका-७ का बसन्तबहादुर सिंह मंगलबार मृत अवस्थामा फेला परेका छन् । उनी सोही वडामा संचालन भएको प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअर्न्तगतको उपभोक्ता समितिका अध्यक्ष थिए ।

Karnali Traders

उनको अध्यक्षतामा गठन भएको उपभोक्ता समितिले महाकाली जनसेवा माविमा रंग रोगन गरेको थियो । सोही कामको रकम भुक्तानी लिन शुक्रबार नगरपालिका कार्यालय गएका उनी वेपत्ता भएका थिए ।
उनले बोकेको मोबाईलले देखाएको लोकेशनका आधारमा खोजी भएको थियो ।

Arus

तीन दिनअघि उनले प्रयोग गर्ने मोटरसाईकल र झोला फेला परेको थियो । सोही आधारमा थप खोज तलास गर्दा तीन किलोमिटर उत्तर रुखमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको हो । उनको मृत्यु संस्कापद भन्दै परिवारले अनुसन्धान हुनुपर्ने माग गरेका छन् । कञ्चनपुरका प्रहरी प्रमुख दिनेश अर्चायले घटनाबारे अनुसन्धान भईरहेको बताए ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.