सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जाँगर हराएका उपभोक्ता आफ्नै कारणले पीडित

309
Sana Kishan

खानेपानीको ट्यांकी जाम हुँदा समेत अरुको मुख ताक्दा बेतकोटको बैतोडाका स्थानिय बिगत ३ महिना देखी खानेपानी समस्याले आक्रान्त

भुवन भट्ट
महेन्द्रनगर ३० असार । उपभोक्ता अल्छी भए कस्तो दुःख पाइन्छ भन्ने एक उदाहरण बेदकोट नगरपालिकामा देखिएको छ । बेदकोट नगरपालिका–४ बैतोडाका वासिन्दा आफूले उपभोग गर्दै आइरहेको खानेपानीको ट्यांकी जाम हुँदा समेत अरुको मुख ताक्दा खानेपानी समस्याले आक्रान्त भएका छन् । विगत ३ महिनादेखि पाईपलाईनमा पानी नआउँदा खानेपानीको समस्या भएको स्थानीयले बताएका हुन् ।
ट्यांकी र वितरण पाइपमा लागेको जाम खोल्नतर्फ उपभोक्ता समिति पनि इच्छुक नदेखिंदा समस्या बढेको हो । १० जनाको मेहनतले समस्या समाधान हुन सक्ने भए पनि दुई महिनामा त्यस्तो प्रयास गरिएको छैन । पानी नआए पनि खानेपानी उपभोक्ता समितिले भने प्रति धाराबाट एक सय रुपैयाँका दरले रकम असुली रहेको भन्दै स्थानीय वासिन्दा आक्रोशित छन् । उक्त ठाउँमा ५० बढी धारा जडान गरीएका छन् । एक धाराबाट ४ देखि ५ परिवारले खानेपानी मिलेर प्रयोग गदैे आएका छन् । बैतोडामा करीब २ सय परिवारको बस्ती रहेको छ ।

Arus
Karnali Traders

तर अहिले उत्त वस्तीमा बिछाइएका खानेपानीका पाइपहरु बेकामे भएका छन् । खानेपानी उपभोक्ता समतिले खानेपानी आउन छोडेको ३ महिना बितिसक्दा समेत रकम असुल्न नछोडेको स्थानीयवासिन्दा हिमाल चन्दले बताए । जेठ महिनासम्म मुहान सुक्न सक्ने भएता पनि श्रावण लागीसक्दा समेत धारामा खानेपानी नआएको भन्दै उनले आक्रोश पोखे । उपभोक्ता समितिले खानेपानीे सुचारु गर्नेे विषयमा कुनै ठोस कदम चाल्न सकेको छैन् ।
धारामा खानेपानी नआउँदा केही परिवारले बोरिङबाट पानी तानेर दैनिकी चलाउने गरेका छन् भने केहि बाल्टी लिएर टाढाको यात्रामा निस्कने गरेका छन् । चुरेले छोएको उक्त क्षेत्रमा सधै खानेपानीको हाहाकार हुने गरेको छ । घरमा गाडिएका नलमा समेत पानी नआउने स्थानीय बताउँछन् । गाउँभरीमा केहि मात्रै बोरिङ् छन्’ स्थानीय प्रकाश अवस्थीका अनुसार बोरीङले सबै पानी लिने गरेको र नजिक गाडिएका नलमा पानी नआउने अवस्था छ ।

चुरेपर्वतबाट खानेपानीको जोहो गरिएको उक्त वस्तीमा अहिले पानी नै आउन छाडेको स्थानीय गोमती चन्दको गुनासो छ । खानेपानीको व्यवस्थापनका लागि न त समतिले नै चासो दिएको छ न त स्थानीय सरकारले नै । घरमै पाईप बिछाईका छन तर पानी नै आउन्न दैनिकी चलाउन गाह्रो भएको स्थानीय पदम खत्रीले बताए । उपभोक्ता समितिका चौकिदार मोतीराम धानुकले ट्रयांकी जाम भएकोले खानेपानी आउन छोडेको स्वीकार गरेका छन् ।

बैशाख महिनामा गहुँ खेतमा लगाईएको आगोले केही क्षेत्रमा खानेपानीका पाईपसमेत जलेका बताउदै उनले पानी प्रवाहमा समस्या भएको बताए । उनले पाईपको मर्मत गरिए पनि स्थानीयहरुले ट्यांकीमा लागेको जाम सफाईमा चासो नदेखाउँदा समस्या भएको बताए । १० –१२ जनाको सहयोगमा उक्त जाम खोल्न सकिने बताउँदै उनले जाम खोलिएमा तत्काल पानी आउन सक्ने बताए ।
पोल्खरी तथा बैतोडा खानेपानी समितिका अध्यक्ष जनकराज जोशीले पनि ट्यांकीको जाम हटाए खानेपानी सुचारु हुन सक्ने बताए । उनले केही दिनमै ट्यांकी सफाई गरेर खानेपानी सञ्चालनमा ल्याईने बताएका छन् ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.