सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भीमदत्त नगरमा कुक, वेटर र श्रृङ्गार तालिम सम्पन्न

369
Sana Kishan

भीममदत्त नगरपालिका क्षेत्रका बेरोजगार युवा/युवतीलाई कुक, वेटर र केश श्रृङ्गार तालिम लिईएको छ ।

व्यवसायिक तथा सीप विकास तालिम केन्द्रको आयोजनामा भीमत्त नगरपालिका र आर्दश नेपालले नगर क्षेत्रका युवा÷युवतीलाई उक्त तालिम लिएको हो ।
व्यवसायिक तथा सीप विकास तालिम केन्द महेन्द्रनगरका प्रमुख तर्कराज विष्टले युवालाई स्वरोजगार तर्फ उन्मुख गराउनका लागि उक्त तालिम दिएको बताए । कार्यालय प्रमुख विष्टका अनुसार आर्दश नेपालसंग गरिएको तालिममा ३०महिलाको सहभागिता रहेको थियो ।

Arus
Karnali Traders

सो तालिम तीन महिनासम्म संचालन गरिएको थियो । एक कार्यक्रमका विच कुक र वेटर तालिम समेत समापन गरिएको छ । ४५ दिने उक्त तालिमको सोमबार समापन गरिएको छ । कुकमा २० र वेटरमा १९ जनालाई तालिम दिईएको छ । तालिम समापन कार्यक्रमका प्रमुख अतिथि भीमदत्त नगरका प्रमुख सुरेन्द्र विष्टले तालिमबाट सिकेका विषयलाई व्यवहारिक कार्यान्वयन गर्दै रोजगारतर्फ उन्मुख हुन जोडदिए । सहभागिलाई प्रमाण पत्र वितरण गर्दै समापन गरिएको हो ।

कुक, वेटर र केश श्रृङ्गार तालिमका सहभागिले व्यवसाय गर्नेमा जोडदिए । कञ्चनपुर होटेल व्यवसायी संघका पर्यटन उपाध्यक्ष जगदिशचन्द्र भट्टको अध्यक्षतामा तालिम समापन गरिएको थियो । व्यवसायिक तथा सीप विकास तालिम केन्द्रको आयोजनामा विभिन्न क्षेत्रमा तालिम आयोजना गरिएको थियो । आगमी दिनमा समेत थप सीपयुक्त तालिमको माग गरिएको छ ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.