सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

घुससहित पक्राउ परेका सिँचाई डिभिजनका दुई इन्जिनीयर विरुद्ध अदालतमा मुद्दा दायर

सेवाग्राहीबाट लिएको दुई लाख घुस सहित रंगेहात पक्राउ परेका जलस्रोत तथा सिँचाई डिभिजन कार्यालय कञ्चनपुरका दुईजना इन्जिनीयर विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारले आज विशेष अदालत काठमाडौँमा घुस सहित पक्राउ परेका सिँचाई डिभिजन कार्यालयका प्रमुख इन्जिनीयर अजित कुमार श्रीवास्तव र इन्जिनीयर ग्रिस्मा ठगुन्ना विरुद्ध आरोप पत्र दायर गरेको हो।

Sana Kishan

उनीहरुलाई भीमदत्त नगरपालिकामा निर्माण सम्पन्न भईसकेको चौधर नदी नियन्त्रण योजनामा रनिङ विल फर–फारक गराईदिने भन्दै घुस मागिरहेका बेला गत असार १२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरबाट खटिएको टोलीले पक्राउ गरेको थियो।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.