सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आर्थिक गणना–कञ्चनपुरमा झन्डै पाँच हजार व्यवसाय दर्ता नगरि सञ्चालनमा

299
Sana Kishan

मदन गिरी
महेन्द्रनगर ३० असार ।
कञ्चनपुरमा करिब पाँच हजार व्यवसायिक प्रतिष्ठान दर्ता नगरि सञ्चालन गरिएको पाईएको छ । नेपाल तथ्याङ्क विभागले गरेको आर्थिक गणना–२०७५ अनुसार कञ्चनपुरमा रहेका जम्मा उद्योगमा ५८ दशमलव आठ प्रतिशत व्यवसायिक प्रतिष्ठान मात्रै दर्ता गरि सञ्चालनमा रहेका छन । कञ्चनपुरमा ११ हजार पाँच सय एक उद्योग रहेकोमा छ हजार पाँच सय ४४ व्यवसाय दर्ता छन भने चार हजार सात सय ५२ व्यवसाय दर्ता नगरि सञ्चालनमा छन् ।

त्यस्तै नेपालमा सञ्चालनमा रहेको करिब आधा व्यवसाय दर्ता नगरि सञ्चालनमा रहेको पाईएको छ । आर्थिक गणना–२०७५ अनुसार नेपालमा ४९ दशमलव नौ प्रतिशत व्यवसायिले व्यसाय दर्ता नै नगरि सञ्चालन गरिरहेका छन् । आर्थिक गणना अनुसार नेपालमा रहेका नौ लाख २३ हजार तीन सय ५६ प्रतिष्ठान मध्ये चार लाख ६२ हजार छ सय पाँच प्रतिष्ठान दर्ता नगरि सञ्चालनमा रहेका छन् ।

Arus

विभागका अनुसार सबै भन्दा बढी ३१ प्रतिशत प्रतिष्ठान प्रदेश नम्बर तीनमा रहेका छन् भने सबै भन्दा कम कर्णाली प्रदेशमा चार प्रतिशत प्रतिष्ठान रहेका छन् । त्यस्तै प्रदेश नम्बर १ मा १८, दुईमा १३, गण्डगीमा ११, सुदूरपश्चिममा सात र प्रदेश ५ मा १६ प्रतिशत प्रतिष्ठान रहेको विभागको तथ्याङ्मा उल्लेख छ । ६२ हजार छ सय ६८ व्यसायिक प्रतिष्ठान सञ्चालनमा रहेको सुदूरपश्चिमा २८ हजार दुई सय ३१ प्रतिष्ठान दर्ता नगरि सञ्चालन भईरहेका छन् ।

Karnali Traders

नेपालमा थोक तथा खुद्रा व्यापार, मोटर गाडी, मोटरसाईकल प्रतिष्ठान सबै भन्दा बढी ५३ प्रतिशत , आवास तथा खाना सुविदा १४ प्रतिशत, उद्योग उत्पादन ११ प्रतिशत र शिक्षा तर्फ चार प्रतिशत रहेका छन् । भने घरजग्गा कारोबारमा सबै भन्दा कम शुन्य दशमदल ०२ प्रतिशत प्रतिष्ठान रहेका छन् । उक्त प्रतिष्ठानमा ३२ लाख २८ हजार चार सय ५७ कारदारले रोजगार पाएका छन् । जसमा पुरुष ६२ प्रतिशत तथा महिला ३८ प्रतिशत रहेका छन् ।

त्यस्तै नेपालका ४७ दशमलव ४२ प्रतिशत व्यवसायले लेखा श्रेस्ता राख्ने गरेकोमा ५२ दशमलव ४३ प्रतिशत प्रतिष्ठानले लेखा श्रेस्ता नै नराख्ने गरेको विभागका निर्देशक अनिल शर्मालले बताए । उनका अनुसार निश्चत ठाउँमा कार्यालय तथा व्यवसाय नगर्ने अभौतीक प्रतिष्ठान गणनामा समेटीएका छैनन् ।

निती तथा योजना निर्माण, देशको आर्थिक तथ्याङ्कको आधार खडा गर्नु, राष्ट्रिय लेखा प्रणालीको सुदृढीकरण र व्यवसाय समृद्धीका लागि अािर्थक गणनाको महत्व रहेको उनको भनाई छ । साथै विभागले आर्थिक गणनाको स्थानीय तह गत रुपमा फाईनल नजिता आउँदो भदौसम्ममा सार्वजनिक गरिने विभागले जनाएको छ ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.