सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरमा राष्ट्रीय परिचय पत्र वितरण सुरु

2,000
Sana Kishan

महेन्द्रनगर २९ असार ।
नेपाल सरकारले लागु गरेको राष्ट्रीय परिचय पत्र वितरण कार्यक्रम कञ्चनपुरमा पनि सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बुधबारबाट राष्ट्रीय परिचय पत्र वितरण कार्य सुरु गरेको हो ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी शंकर बैद्यले बुधबारबाट राष्ट्रीय परिचय पत्र वितरण कार्यक्रम सुरु गरिएको बताए । उनका अनुसार राष्ट्रिय कार्यक्रम अन्र्तगत जिल्ला प्रशासन कार्यालयले पनि राष्ट्रीय परिचय पत्र वितरण कार्य सुरु गरेको हो ।

Karnali Traders

बुधबारबाट सुरु भएको राष्ट्रीय परिचय पत्र वितरण कार्यक्रम अन्र्तगत पहिलो दिन ४८ जनाले परिचय पत्र लिएका छन् ।
त्यस्तै राष्ट्रीय परिचय पत्र वितरण शाखाका कम्यूटर अपरेटर किरण नेपालीले बिहिबार ४० र शुक्रबार ५५ जनाले राष्ट्रीय परिचय पत्र लिएको बताए । सेवाग्राहीले राष्ट्रिय परिचय पत्र लिन सुरुमा नेपालि नागरिकता बनाउनु पर्ने उनको भनाई छ ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.