सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

‘ओभरफ्लो हुन थालेपछि कोशी ब्यारेजका सबै ढोका खोलियो’

353
Sana Kishan

इटहरी : शनिबार राति सप्तकोशी ब्यारेजको सबै ५६ वटै ढोका खोलियो। कोशीमा तीन लाख ७१ हजार एक सय १० क्यूसेक पानीको बहाव भएपछि सबै ढोका खोलिएको थियो। कोशी ब्यारेजमा विगत १५ वर्षयताकै धेरै पानीको बहाव देखिएको त्यहाँ कार्यरत प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिए।

पानीको धेरै बहावका कारण ब्यारेज नै जोखिममा पर्ने देखेर ढोका खोलिएको उनले बताए । ५० वर्ष आयु भनिएको ब्यारेज निर्माण भएको ६० वर्ष पुगिसकेको छ।
९ लाख क्यूसेक पानी थाम्ने क्षमता भएको भनिएको ब्यारेजमा पौने चार लाख क्यूसेक पानीको बहावमै ओभरफ्लो भएको थियो। ‘

Arus

ब्यारेज भरी बालुवा नै बालुवा छ,’ उनले भने, ‘त्यसैले कम पानीमै ओभरफ्लो हुने गरेको छ।’ प्रहरी सहायक निरीक्षक दाहाल अनुसार सप्तरीको गोबरगाडा क्षेत्रमा कोशीको पानीले बाँधभन्दा माथि पुगेर बस्ती डुबाउन सुरु गरेको थियो। ढोका खोलेसँगै पानीको सतह घट्न थालेको उनले जानकारी दिए।

ब्यारेजको ढोका खोल्न भारतीय अधिकारीहरुले नै अग्रसरता देखाएका थिए। पटनाबाटै बीरपुरका हेड कमाण्डरलगायत सुरक्षाकर्मीहरु राति अबेरसम्म बसेर पानीको निरीक्षण गरेको बताइएको छ।

Karnali Traders

यस्तै प्रदेश सरकारका गृहमन्त्री हिक्मत कार्की, सुनसरीका प्रमुख जिल्ला अधिकारी लगायतको टोलीलेसमेत शनिबार नै कोशी ब्यारेज पुगेर छलफल गरेका थिए।


बालुवा काट्न आधा मात्र ढोका खुला

दाहालकाअनुसार ब्यारेजका ढोकाहरु पुरै भने खोलिएको छैन। ‘पुरै ढोका खोल्दा ब्यारेजमा दबाब पुग्छ,’ उनले भने, ‘त्यसैले माटो काट्नको लागि कम ढोका खोलिएको छ।’
थोरै ढोका खुला गर्दा त्यसले ब्यारेज उत्तरतर्फ थुप्रिएर रहेको बालुवा बगाउन थाल्छ। कोशी नदी एसियामै चीनको ह्वाङहो नदिपछि धेरै बालुवा बोक्ने नदी मानिन्छ। ब्यारेजको उत्तरतर्फ पानी जम्मा हुने ठाउँमा वालुवा थुप्रिएको छ। ‘५० वर्षअघि ९ लाख क्यूसेक पानी थेगेको रेकर्ड छ,’ उनले भने, ‘अहिले त पौने चार लाखमै ओभरफ्लो हुन्छ।’

ढोका खोलिएसँगै सप्तकोशीमा पानीको बहाव घट्न थालेको छ। आइतबार बिहानको मापनअनुसार २ लाख ९० हजार ३४० क्यूसेक पानीको बहाव छ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.