सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

ठगी मुद्दामा सोनाक्षी सिन्हालाई प्रहरीले खोज्दै, घरमा फेला परिनन्

असार २७, २०७६
काठमाडौं – ठगीको एक मामिलामा बलिउड अभिनेत्री सोनाक्षी सिन्हा कानूनी झमेलामा परेकी छन् ।

सोनाक्षीविरुद्ध उत्तर प्रदेशको मुरादाबाद प्रहरी चौकीमा धारा ४२० अन्तर्गत ठगीको उजुरी दर्ता भएको छ । बिहीवार सोधपुछका लागि मुरादाबाद प्रहरी सोनाक्षीको मुम्बईस्थित घर पुगेको थियो तर उनी घरमा फेला नपरेपछि रित्तै फर्केको थियो ।

ADVERTISEMENT

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

सन् २०१८ मा सोनाक्षीले स्टेज पर्फर्मेन्सका लागि २४ लाख भारु लिएको तर कार्यक्रममा पर्फर्म नगरेको आरोप लगाएर कटघरका प्रमोद शर्माले सोनाक्षीविरुद्ध ठगीको उजुरी दर्ता गरेका थिए ।

मुम्बईको जुहुस्थित घरमा प्रहरीले सोनाक्षीको घन्टौं प्रतीक्षा गरे पनि उनी उपलब्ध भइनन् । शनिवार सोनाक्षीसँग सोधपुछ गर्न फेरि प्रहरी उनको घर जाने बताइएको छ ।

सोनाक्षीका पीएले भने सोनाक्षीले कसैलाई पनि धोका नदिएको र नौ वर्षको करीयरमा इमान्दारीका साथ काम गरेको भन्दै बयान दिएका छन् । सोनाक्षीको टवि बिगार्नलाई यो उजुरी दर्ता गरिएको उनको आरोप छ ।

#एजेन्सी

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.