सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

असुरक्षा भएको भन्दै रातारात भागे इन्जिनियर

1,111
Sana Kishan

कालिकोट : जिल्लाको नरहरीनाथ गाउँपालिकाका इन्जिनियर महेश धिताल र सब-ओभरसियर सतल बटाला बिहीबार राति भागेका छन्। उनीहरु असुरक्षा भएको भन्दै गाउँपालिकाबाट भागेका हुन्।

स्थानीय उपभोक्ता समितिबाट प्राविधिक स्टमेट नियमविपरित बनाउन दबाब दिएपछि असुरक्षा भएको भएको भन्दै उनीहरु भागेर सदुरमुकाम आएका हुन्। गाउँपालिका अध्यक्षले प्रहरी लगाएर आफूलाई गाउँपालिकामा आउन भनेको तर, गाउँपालिकामा सुरक्षा नहुने भएपछि प्रमुख जिल्ला अधिकारीलाई खबर गरेर सदरमुकाम आइपुगेको इन्जिनियर धितालले बताए।

Arus
Karnali Traders

नरहरीनाथ गाउँपालिका अध्यक्ष धीरबहादुर बिष्टले योजना प्राविधिक स्टमेट नबनाएर प्राविधिक भागेपछि प्रहरीमार्फत खबर गरेर आफ्नो काम पूरा गरेर जान आग्रह गरेको बताए।

उनले शुक्रबार कामहरु सकाएर शनिबार घर जानु होला भन्दा अटेर गरी बिहीबार राति नै भागेकाले प्रहरीलाई खबर गरेको बताए।

कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले नरहरीनाथ गाउँपालिकाको विषयबारे सोधपुछ गरिरहेको बताए। उनले गाउँपालिकाका प्राविधिक सुरक्षाका लागि आफ्नो सम्पर्कमा आएको र गाउँपालिका अध्यक्षले भागेको भनेर प्रहरी खबर गरेको बारे छलफल भइरहेको उनले बताए। उनले भने,’ जिल्ला प्रशासन कार्यालयमा सामान्य जानकारी लिँदा गर्न मिल्ने जति काम सम्पन्न गरी आफूहरु घर जान लागेको प्राविधिकले बताएका छन्। हामी वास्तविक कुरा सबै पक्षसँग बुझ्दैछौँ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.