सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पत्रकारसँग भिड्दै कंगना

पछिल्लो समय नायिका कंगना रनावट भारतीय चलचित्र पत्रकासँगको विवादले चर्चामा छिन् । आइतबार फिल्म ‘जजमेन्टल हे क्या’ को गीत सार्वजनिक गर्न मिडियासँगको कुराकानीमा कंगनाले जस्टिन नामक पत्रकारसँग साडे छ मिनेट विवाद गरिन्। उक्त पत्रकारले कंगनालाई उग्रराष्ट्रवादी भएकाले फिल्म मणिकर्णिका बनाएकी हुन् भन्दै कटाक्ष गरेका थिए । ‘मणिकर्णिका द क्विन अफ झाँसी’ पाकिस्तानमा रिलिज गरिएको विषयमा पनि ति पत्रकारले कंगनालाई प्रश्न तेर्साएका थिए ।

पत्रकार जस्टिन राव र कंगना रनावटको विवाद चुलिँदै गएपछि मंगलबार ‘इन्टरटेनमेन्ट जर्नलिस्ट गिल्ड अफ इन्डिया’ नामको संस्थाले एक पत्र जारी गर्दै कंगनालाई प्रतिबन्ध गलाउने घोषणा गरेको थियो । यसको प्रतिक्रिया दिँदै कंगनाले एक भिडियो सार्वजनिक गरेकी छन् । जसमा उनी भन्छिन्, ‘म तपार्इँलाई हात जोडेर निवेदन गर्छु कृपया मलाई प्रतिबन्ध गर्नुस् । किनकी म चाहदिनं की मेरो कारणले तपाईंहरुको घरमा चुल्हो बलोस् ।’

कंगनाले फिल्मी कलाकारहरुलाई सनसनीपूर्ण हेडलाइन बनाएर पत्रकारिता गर्ने पत्रकार वर्गलाई लक्षित गर्दै यो भिडियो सार्वजनिक गरेकी हुन् ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

यसैबीच यो विवादले अहिले ठूलो रुप लिएको छ । कंगनाकी बहिनी रंगोली चन्डेले आफ्नो अधिवक्ता ‘सिद्दीकी एण्ड एसोसिएट्स’ द्वारा एक पत्र जारी गरेकी छन् । रंगोली कंगनाकी म्यानेजर पनि हुन् । पत्रमा भनिएअनुसार कंगनालाई पत्रकारले उपहास गर्दै अपराधिक धम्की दिएर उत्पीडनमा पारेका छन् ।

Dirghayu Ads

पत्रकारहरुले कंगनालाई हरेक दिनजसो सार्वजनिक स्थानमा जानीजानी असान्धर्भिक र आपराधिक व्यवहारबाट पीडित बनाएको कुरा पत्रमा उल्लेखे छ । साथै पत्रकारले वाक स्वतन्त्रताको प्रयोग गरेर कंगनाको मानहानी गरेको बताइएको छ ।

पत्रमा दर्ता नभएको ‘इन्टटेनमेन्ट जर्नलिस्ट गिल्ड अफ इन्डिया’ नामको संस्थालाई पनि अव्यवसायिक पत्रकारलाई समर्थन र प्रोत्साहन नगर्न आग्रह गरिएको छ । पत्रकारले कंगनालाई प्रतिबन्ध लगाउने धम्की दिएसंगै विवादले ठूलो रुप लिएको हो ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.