सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वेदकोटमा लामखुट्टेको लार्भा खोजी तथा नष्ट अभियान

मदन गिरी
महेन्द्रनगर २३ असार । कञ्चनपुरमा लामखट्टेका लार्भा खोजी तथा नष्ट अभियान सुरु गरिएको छ । जिल्ला नौ वटै स्थानीय तहले डेगु लगायतका रोग सार्ने लामखुट्टे उन्मुलनका लागि अभियान थालेका हुन् ।

सोहि कार्याक्रम अन्र्तगत वेदकोटमा उक्त अभियानबारे सोमबार अभिमुखिकरण कार्याक्रम गरिएको छ । वेदकोट नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा तीन दिने लामखुट्टेको लार्भा खोजि तथा नष्ट गर्ने अभियान सुरु गरिएको शाखाका सह संयोजक सिद्धराज भट्टले बताए ।

World Link Ads
Mahakali Polytechnic

Dirghayu Ads
Sana Kishan

उनका अनुसार स्वास्थ्य सह–संयोजक वेदकोट नगरपालिकाले नगरका मुख्य बजार दैजी, चम्पापुर, सुडा लगायत, पुर्वपश्चिम राजमार्ग क्षेत्रमा उक्त अभियान सञ्चालन गर्न लागेको हो ।

अभियानका क्रममा लामखुट्टेको लार्भा पाईने सम्भावित वासस्थान नष्ट गरिने छ । पानि जम्ने खाल्डाहरु पुरिने, भाडाकुडाँ घोप्टो पारेर राख्ने, सरसफाईमा जोड दिनुका साथै जनचेतना मुलकका कार्यक्रम समेत आयोजना गरिने उनको भनाई छ । लामखुट्टेको लार्भा खोजि तथा नष्ट गर्ने अभियानमा स्वास्थ्य स्वयम सेविकाहरु प्रचालित गरिने छन् ।

वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दको प्रमुख अतिथि रहेको उक्त अभिमुखिकरण कार्यक्रममा उप–प्रमुख शुशिला सिह, सुदुर पश्चिम प्रदेश स्वास्थ निर्देशनालय धनगढी भेक्टर कन्ट्रोल अधिकृत हेम राज जोशी, स्वास्थ्य शाखा संयोजक, कर्मचारी लगायत स्वास्थ्य स्वयम सेविकाको उपस्थिती रहेको थियो ।

अभिमुखिकरण कार्याक्रममा बोल्दैँ नगर प्रमुख अशोक कुमार चन्दले लामखुट्टेबाट सर्ने सक्ने रोगको जोखिम न्युनिकरणका लागि अभियान सुरु गरिएको बताए ।
उनले नगरपालिकाले नगरवासिको स्वास्थ्य रक्षाका लागि स्वास्थ्य क्षेत्रलाई प्राथमीकतामा राखेको बताए । साथै नगर प्रमुख चन्दले अभियानलाई प्रभावारी तरिकाले सञ्चालन गर्न स्वास्थ्यकर्मीलाई निर्देशन समेत दिए ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.