सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बाजुराको बुढीगंगा नदी थुनिदैँ, स्थानीय त्रसित, अछामसम्म क्षति हुनसक्ने

बाजुरा : बाजुराको बुढीगंगा र त्रिबेणी नगरपालिका बीचमा रहेको बुढिगंगा नदी थुनिने खतरामा रहेको छ। वर्षासँगै नदीमा पानीको बहाव बढदै जानु र त्रिबेणी नगरपालिका ९ पैमा गाउँ तलबाट पहिरो खस्न थालेपछि नदी थुनिने खतरा बढेको बुढिगंगा नगरपालिका नगर प्रमुख दिपकबिक्रम शाहले बताए।

गत वर्षदेखि नै उक्त ठाउँमा पहिरो बग्न थालेको हो। हिउँदको समयमा सुख्खा पहिरो बगेपनि त्यसले खासै असर गरेको थिए। वर्षात्मा नदीमा पानीको बहाव बढने भएपछि द्वावारीमामा रहेको नदी थुनिने खतरा भएपछि स्थानीयबासी त्रसित बनेका छन्।

लगातार पहिरोसँगै ठूला ढुंगा नदीको बीच भागमा जम्मा हुन थालेपछि जतिबेला पनि नदी थुनिन सक्ने खतरा रहेको त्रिबेणी नगरपालिकाले नगर प्रमुख रामसिंह रावलले बताए। नदी थुनिने जोखिम बढेपछि स्थानीयलाई समेत सचेत गराइएको रावलले बताए।

World Link Ads
Mahakali Polytechnic

गत वर्षदेखि नदीबुढीगंगा नगरपालिका तिरको छेउतिर बगिरहेको छ। नदी एक छेउबाट बग्न थालेपछि यता बुढीगंगा नगरपालिका-१ अम्कोटको तल्लो भागबाट पहिरो जान सुरु भएको स्थानीय नविन थापाले बताए।

पैमा र अमकोटका स्थानीय त्रसित

लगातार पहिरो जान थालेपछि त्रिबेणी नगरपालिका ९ पैमा र बुढीगंगा नगरपालिका १ अमकोटका स्थानीय रातभर जाग्राम बस्ने गरेका छन्। ‘गाउँको छेउबाटै रातभर गड्याङ गुडुङ आवाज आउँछ। निन्दै लाग्दैन’,स्थानीय भानुभक्त पाध्यायले भने,’ यहाँ जतिबेला जे पनि हुनसक्छ।’ त्रिबेणी नगरपालिका- ९ पैमाको छेउबाट लगातार आएको पहिरोले गत वर्ष तीन महिनासम्म साँफे- मार्तडी सडक पूर्णरुपमा बन्द भएको थियो।

Sana Kishan

पहिरोले बुढीगंगा र त्रिबेणी नगरपालिका जोड्ने झोलुंगे पुल, दुबैतर्फको खेतियोग्य जमिन अघिल्लो वर्ष नै बगाइसकेको छ। बाँकी रहेको जमिन कटान हुन सुरु भएको स्थानीय त्रिबेणी नगरपालिकाका नरी रावलले बताए।

लगातार पहिरो जाने हो भनेबुढीगंगा नगरपालिकाकाको क्षेत्रमा रहेको साफे मार्तडी सडकखण्ड, अम्कोटको बस्ती, ताँप्री सेरा,सेरा,फालासेनको तल्लो भाग,बार्जुगाडको तल्लो भाग लगायतका थुप्रै खेतीयोग्य जमिन बग्ने निश्चित छ।

त्यस्तै, त्रिबेणी नगरपालिकाको-९ को पैमा गाउँ विस्तापित हुने भएको छ। गाउँ वरिपरि, तलामाथि चारैतिरबाट पहिरो जान सुरु भएको स्थानीय मदन थापाले जानकारी दिए। त्रिबेणी नगरपालिकाका नगरप्रमुख रामसिंह रावलले पैमा गाउँबासीको खेतीयोग्य जमीन र वरपरका गोठ छाना पहिरोमा पुरिसकेको र अब गाउँ नै पुरिने अवस्थामा रहेको रावलले बताए।

नदी थुनिएपछि त्रिबेणी नगरपालिकाकाको तल्लो भागमा रहेका थुप्रै बस्ती तथा खेतीयोग्य जमिनमा क्षति पुग्ने स्थानीयले बताए। बडिमालिका नगरपालिकाको तिपाडा,जडगासम्मा क्षति पुग्नसक्ने स्थानीयले बताएका छन्।

अछामसम्म क्षति हुनसक्ने

बुढिगंगा नदी थुनिँदा अछाम जिल्लाको साफेबगर नगरपालिकाकासम्म ठूलो छति हुने देखिन्छ।साँफेबगर नगरपालिकाको बीच हुँदै बग्ने भएकाले बुढाबगर, ताँसी एरिया, ठाँटी, साफेबगरमा रहेको एयरपोर्टसम्म असर पर्नेसक्ने साफेबगर नगरपालिका स्थानीय पुष्प भट्टले बताए। नदी थुनियो भने बैजनाथ धाममा समेत ठूलो क्षति पुग्नेछ। यस्तै बाजुरा र अछामको दर्जनौं बस्ती र खेतीयोग्य जमिन पनि बगरमा परिणत हुने निश्चित छ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.