सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

देशकै सातौँ धाम शैल्य शिखर मालिकार्जुनको यस्तो छ ऐतिहासिक पृष्ठभुमी, जहाँ मनले सोचेको पुरा हुन्छ ।

मदन गिरी
महेन्द्रनगर २२ असार ।
प्राचिन ऐतिहासिक महत्व बोकेकोे नेपालकै एक प्रमुख धार्मीक पर्यटकीय स्थल हो शैल्य शिखर मालिकार्जुन । सुदूरपश्चिम प्रदेश स्थित दार्चुलाको उत्तरपश्चिम मालिकार्जुन गाँउपालिका–३ मडमा अवस्थित छ शैल्य शिखर मालिकार्जुन धाम । मालिकार्जुन धाम दार्चुलाको सदरमुकाम खलंकाबाट करिब आठ कोष उत्तरपश्चिममा पर्दछ । शैल्य शिखर धामलाई सुदूरपश्चिमको मात्रै नभई देशकै सातौँ ठुलो धाम भित्र पर्दछ ।

शैल्य शिखरधामको दर्शन गर्न महिलाको हकमा विवाहित र पुरुषको हकमा व्रतबन्ध गरेकाले मात्रै जान सक्छन् ।

शैल्य शिखर मालिकार्जुन मन्दीर डाँडा
World Link Ads
Mahakali Polytechnic

यस शैल्य शिखर मालिकार्जुन नेपाल सरकारले २०६५ सालमा देशकै सातौँ धाम घोषणा गरिसकेको छ । दैशकै ठुलो धार्मीक क्षेत्रका रुपमा घोषणा भए पनि शैल्य शिखर मालिकार्जुन प्रचार–प्रसारको अभाव झेलिरहेको छ । यस मालिकार्जुन मन्दिरबाट पाँच हजार मिटरको उचाइमा श्री शैल्य शिखरधाम छ । यस मालिकार्जुन मन्दीरमा बेला बेलामा विभिन्न किसिमका धार्मीक मेला समेत हुने गर्दछन् । शैल्य मन्दिरमा कार्तिक वा मङ्सिर महिनामा जात्रा र भदौ महिनाको गौरा पर्व लाग्ने गर्छ ।

शैल्य शिखर मालिकार्जुन नेपाल सरकारले २०६५ सालमा देशकै सातौँ धाम घोषणा गरिसकेको छ । दैशकै ठुलो धार्मीक क्षेत्रका रुपमा घोषणा भए पनि शैल्य शिखर मालिकार्जुन प्रचार–प्रसारको अभाव झेलिरहेको छ ।

यस शैल्य शिखरधाममा विशेषगरी असार शुक्ल चर्तुदशी र कार्तिक शुक्ल त्रियोदशीका दिन जात्रा लाग्ने गर्छ । शैल्य शिखरधामको दर्शन गर्न महिलाको हकमा विवाहित र पुरुषको हकमा व्रतबन्ध गरेकाले मात्रै जान सक्छन् । मालिकार्जुन गाउँपालिकामा लटिनाथ, कैलपाल र बालिचन देवताको मन्दिर पनि छ ।

शैल्य शिखर मालिकार्जुनको दर्शन गर्न जादैँ भत्तजन

यसको ऐतिहासिक कुरा गर्दा श्री शैल्य मालिकार्जुन देवता भारतको कत्यूर भन्ने ठाउँबाट मालिकार्जुनको शैल्य शिखरमा आएका हुन् भन्ने किंवदन्ती रहेको पाइन्छ । भारतमा भएको धार्मिक दङ्गाका बखत १६ औँ सताब्दीतिर नेपाल विभिन्न राज्य उपराज्यमा विभाजन थियो । कर्णाली प्रदेशअन्तर्गत डोटीराज्यमा मल्ल वंशका राजा शासन गर्थे । भारतमा भइरहेको धार्मिक हिंसाका बेला भारतका विभिन्न ठाउँबाट धर्म रक्षाका निम्ती त्यँहाका हिन्दु एक ठाउँबाट अर्को ठाउँमा स्थानान्तरण हुँदै गए ।

Sana Kishan
मालिकार्जुन देवताको पुजा गरिदैँ

हुँदाहुँदै भारतका विभिन्न ठाउँबाट भारतीय हिन्दु आफ्नो इष्टकुलसहित नेपाल प्रवेश गरेको तथ्य इतिहासबाट पुष्टि हुन्छ । धर्म रक्षा र जीवन रक्षाका क्रममा श्री शैल्य मालिकार्जुन शिवलिङ्ग र शालीग्रामका साथ भारतका विभिन्न ठाउँ हुँदै अभयराज पाण्डेय, निमनाथ योगी, भिमराज भट्ट, धाराधिरा पहलवान र सुरदास औजी दार्चुलाको रिठाचौपाता आई रिठा भन्ने ठाउँमा बास बसेको कथन छ ।

त्यही शिवलिङ्ग स्थापित गरी अभयराज पाण्डेयले मालिकार्जुनको पुजन गरेको मानिन्छ । त्यति बेला डोटी राज्य विस्तारणको क्रममा भारतका गढवाल, देहरादून आदि ठाउँ पुगेका इतिहास छ । महाराज मालिकार्जुन विराजमान हुनुभएको शिखर पर्वतमा पौराणिककालदेखि हरेक वर्ष आषाढ शुक्ल चतुर्दशी र कार्तिक शुक्ल त्रियोदशीका दिन विधि विधानबमोजिम पूजा, दर्शन गरिन्छ । विशिष्ट खालको नीति नियम र विधि पार गर्दै पुगिने यो श्री शैल्य शिखर पुजन र दर्शनले बिघ्न बाधा हट्ने, मनमा शान्ति मिल्ने, दरिद्रता नास हुने, मानसम्मानका साथै मुक्ति प्राप्त हुने विश्वास रहि आएको छ ।

मालिकार्जुन मन्दीर

मालिकार्जुनसम्बन्धी एक चर्चित भजन यस्तो छ

विद्या वुद्धि दिने सभक्ति भरने यै देव मालिकार्जुन ।
तोडछन् बन्धन जो समस्त जनका दिन्छौ नयाँ जीवन । ।
शोभा धाम आगीथरै शिखरको सानिध्य कैलासको ।
हो यात्रा मड दार्चुला शिखरको सम्पूर्ण हिन्दुत्वको ।

मालिकार्जुन मन्दीरको प्रवेशद्धार

धार्मीक रुपमा ठुलो एतिहासिक तथा धार्मीक महत्वको शैल्य शिखर धामको प्रचार प्रचारको हुन सकेको छैन् । पछिल्लो समयमा स्थानीय, प्रदेश तथा केन्द्रको नजरमा परेको उक्त धाममा भौतिक संरचना बन्ने क्रम पनि जारी छ । भौतकि संरचनासँग सँगै प्रचार प्रसारलाई पनि विव्रताका साथ जोड दिन सके मालिकार्जुन धाममा धार्मीक पर्यटकलाई भित्र्याएर अर्थोपार्जनको पनि ठुलो सम्भावना रहेको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.