सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

नेपालको लगानीमा बनेकाे झोलुंगे पुल भारतले सञ्चालन हुन दिएन

1,868
Sana Kishan

जोखिम मोलेर ट्युवबाटै महाकाली तर्न बाध्य छन् स्थानीय

नेपाल भारत सीमा नदीमाथि बनेको पुल सञ्चालनमा आउन नसक्दा दार्चुलाको लाली क्षेत्रका स्थानीय जोखिम मोलेरै ट्युब तर्न बाध्य छन् । निर्माण सम्पन्न पुल सञ्चालनमा नआउँदा लाली क्षेत्रका स्थानीय मात्रै नभएर, लेक गाउँपालिका ६ वडा र मालिकार्जुन गाउँपालिकाका तीन वडाका २१ बस्तीका स्थानीयसमेत प्रभावित भएका छन् ।

Arus

महाकाली नदी किनारमा रहेको लाली क्षेत्रबाट जौलजीवीसम्मको दूरी १० किलोमिटर छ । सडक पहुँच नभएकाले हिँडेरै जौलजीवीसम्म पुग्नुभन्दा ट्युब तरेरै सहजै भारतीय बजारसम्म पुगिने र दैनिक उपभोग्य समानका साथै अन्य आवश्यक वस्तु ल्याउन सकिने हुँदा जोखिम मोलेरै ट्युब तर्ने गरेको स्थानीय शेरबहादुर विष्ट बताउँछन् ।

Nepali Khaja

लाली क्षेत्रका नागरिक मात्रै नभएर सो क्षेत्रका बस्तीका नागरिक ट्युब तरेरै भारतीय बजार क्षेत्र र जिल्ला सदरमुकाम पुग्ने गर्दछन् । दुई–तीन घन्टा हिँड्नुभन्दा त ट्युब तरेरै पारी जान सजिलो लाग्छ, पहिलेदेखि नै ट्युबमा ओहोर–दोहोर गर्ने भएकाले स्थानीयलाई डर पनि नहुने ट्युब सञ्चालक जमनसिंह ऐरीले बताए । ‘नेपालतिर सडक नै नबनेको, तर भारततिर सडकका साथै सहजै यातायातका साधन पनि पाइने हुँदा बिरामी, गर्भवती, वृद्धवृद्धा र बालबालिकासमेत ट्युबमार्फत तर्नुपर्ने बाध्यता छ,’ सात वर्षदेखि ट्युब चलाउँदै आएका प्रेमराम पार्की भन्छन् ।

Karnali Traders

स्थानीय आक्रोशित
सीमा नदीमाथि पुल गत २ पुसमै निर्माण पूरा भएको हो । तर, सात महिनासम्म सञ्चालन हुन नसक्दा स्थानीय नेपाल–भारतका सरकारी अधिकारीसँग आक्रोशित छन् । पुल सञ्चालनमा आउन सके सीमा क्षेत्र र यो क्षेत्र भएर आवत–जावत गर्ने दुई गाउँपालिकाका २१ बस्तीका नागरिक लाभान्वित हुनेछन् ।

भारततर्फको बाटो पनि नेपालकै लगानीमा

तुइन विस्थापित गर्ने कार्यक्रमअन्तर्गत निर्माण सम्पन्न गरिएको लेकम गाउँपालिकालको लाली र भारत पिथौरागढको डोडा जोड्ने पुल निर्माणका लागि नेपाल सरकारले एक करोड ३२ लाख विनियोजन गरेको थियो ।

भारतीय पक्षको मागअनुसार पुल क्षेत्रमा बाटो बनाउने, शौचालय बनाउने र चेकपोस्ट बनाउने काम नेपाली पक्षले गरेको छ । भारतीय पक्षले माग पूरा गरे पुल सञ्चालनमा आउने भन्दै गाउँपालिकबाट सात लाख ७७ हजार रुपैयाँ विनियोजन गरेको वडाध्यक्ष राजेन्द्रप्रसाद जोशी बताउँछन् । ‘सो रकमबाट एक महिनामै बाटो, शौचालय र चेकपोस्ट बनायौँ, दुवै देशका अधिकारीले पनि स्थलगत अध्ययन गरेर पुल सञ्चालनमा ल्याउन उपयुक्त छ भने, तर अहिलेसम्म पुल सञ्चालन गर्न सहयोग नगरेर स्थानीयलाई जोखिममै राखेका छन्,’ जोशीले भने । -नयाँ पत्रिकाबाट

#दार्चुला पुल

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.