सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

पानी माग्दै महादेवको पूजा

336
Sana Kishan

काभ्रे : स्थानीयले लामो समय पानी नपरेपछि महादेवको पूजा गर्न थालेका छन्। काभ्रेका गाउँमा पानीको हाहाकार भएपछि महादेवको पूजा सुरु भएको हो।

शनिबार काभ्रेको तेमाल गाउँपालिकामा महादेवको अर्चना गरेर पानी मागिएको छ। स्थानीयले ‘हर हर महादेव, पानी देऊ देऊ’ भन्दै एक लाख पिपलको पातमा ‘राम राम’ लेखी सुनकोसी नदीमा बगाएका छन्।

Arus
Karnali Traders

खानेपानी र खेतीको लागि पानी अभाव भएपछि यस्तो गरेको स्थानीय विष्णुहरी बढालले जानकारी दिए। केही साताअघि मण्डनदेउपुर-७ कश्यपेश्वर मन्दिरमा महारुद्री आयोजना भएको स्थानीय रामहरी नेपालले बताए।

Nepali Khaja

लामो समयसम्म खडेरी परेपछि स्थानीय समाजसेवी रामप्रसाद सापकोटाको अग्रसरतमा महादेवको पूजापाठ र महारुद्री भएको नेपालले बताए। पानी नभएर किसानले धान रोप्न पाएका छैनन्। पूजा गरेर सबै किसानले पानी मागेका हुन्।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.