सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

मल्लिका बनिन् स्टार मोडल

237
Sana Kishan

काठमाडौं : ‘नेपाल्स स्टार मोडेल– २०१९’ को उपाधि मल्लिका बुढाथोकीले जितेकी छन् । मोस्ट ब्युटिफुल उपाधिसमेत हात परेकी बुढाथोकी १५ प्रतियोगीलाई पछि पार्दै शीर्ष विजेता हुन सफल भएकी हुन् ।
राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित अन्तिम स्पर्धामा सिर्जना मैनाली फस्ट रनर अप र सुभास तामाङ सेकेन्ड रनर अप घोषित भए । मैनालीले बेस्ट वाक, मोस्ट फ्रेन्ड्ली उपाधिसमेत हात पार्दा तामाङले मोस्ट कन्फिडेन्ट उपाधिमा चित्त बुझाए ।

सिद्धि मिडिया आयोजक रहेको प्रतियोगितामा सागर श्रेष्ठले मल्टिमिडिया च्वाइस, भ्युयुर च्वाइस्, मोस्ट पपुल र मोस्ट ट्यालेन्टसमेत गरी चार उपाधि हात पारे ।

Arus
Karnali Traders

पूर्वप्रधानसेनापति रुक्मांगद कटुवाल मुख्य अतिथि रहेको कार्यक्रममा अभिनेत्री सञ्चिता लुइँटेल, समाजसेवी कृष्ण देवकोटा, नेपाल्स् चब्बी मोडलकी फस्ट रनरअप मीनु तामाङ, जिना ताम्राकार, अनिलवीरसिंह तुलाधर प्रतियोगिताको निर्णायक थिए ।

Nepali Khaja

१६ देखि ४० वर्षसम्मका विवाहित, अविवाहित विद्यार्थी, गृहणी, कामकाजी व्यक्ति, शिक्षक, कर्मचारी, व्यवसायीलगायतको व्यक्तित्व विकासका लागि उपयुक्त प्लेटफर्म दिने उद्देश्यले प्रतियोगिता आयोजना हँुदै आएको आयोजक सिद्धि मिडियाका प्रबन्ध निर्देशक अमित शाहले बताए । सचु गुरुङको कोरियोग्राफी रहेको प्रतियोगितामा सांगीतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.