सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

जोखिक मोलेरै ट्युबमा महाकाली वारिपारि

504
Sana Kishan

(दार्चुला) — भारतसँग सीमा जोडिएका क्षत्रेका स्थानीय बासिन्दाहरू औषधी उपचारलगायत दैनिक उपभोग्य सामग्रीका लागि भारतीय बजारकै भरमा छन् । त्यहाँसम्म पुग्न बाटो सहज छैन । बीचमा महाकाली नदी छ । वारपार गर्न पुल छैन । विकल्प नभएपछि गाउँलेहरू बर्खे भेलमा पनि ट्युबबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

‘वारि स्वास्थ्य चौकी छैन, उपचार गर्न पारी पुग्नै पर्छ,’ मालिकार्जुन गाउँपलिका ६ बाकुका नवीन चन्द भन्छन्, ‘जरुरी परेपछि हिउँछ वर्षा भनेर नहुने । ट्युबमा महाकाली वारपार नगरी हुन्न । स्थानीयस्तरमा भरपर्दो उपचार सेवा उपलब्ध नभएकाले भारतको पिथौरागढका अस्पतालबाट उपचारका लागि जानु सबैको बाध्यता रहेको उनले बताए । ‘यो समस्या अहिलेको होइन,’ उनले भने, ‘वर्षौंदेखि सास्ती भोग्दै आएका छौं । बगाएर लगेन भने ज्यान बच्छ ।’ महाकाली तटीय क्षेत्रका बासिन्दा बाह्रै महिना ट्युबकै सहायताले महाकाली तर्ने गरेको उनले बताए ।

Arus

गाउँमा भएको स्वास्थ्य संस्थाबाट भरपर्दो स्वास्थ्य सेवा उपलब्ध नहुने उनले बताए । यहाँबाट नजिक लेकम गाउँपालिका ३ लाली हो । उक्त ठाउँमा नेपाल–भारत जोड्ने पुल निर्माण पूरा भएपनि ६ महिनासम्म सञ्चालनमा आउन सकेको छैन । जौलजिवी पुग्न धेरै समय लाग्ने हुँदा जोखिम मोलेर भएपनि ट्युबबाट वारपार गर्नु परेको उनले बताए ।

Nepali Khaja
Karnali Traders

उपचारका लागि धनगढी, नेपालगञ्ज पुग्न धेरै समय र खर्च पनि धेरै लाग्ने भएकाले पिथौरागढ रोज्ने गरेको स्थानीय बासिन्दाहरू बताउँछन् । पिथौरागढबाट उपचार गराएर साँझ घर फर्किन सकिने भएकाले त्यतै रोज्ने गरेको गाउँलेहरूले बताए ।

महाकाली सीमा नदीमा विगत लामो समयदेखि झोलुंगे पुल निर्माण गर्ने भनिए पनि हालसम्म निर्माण भएको छैन । मालिकार्जुन र लेकम गाउँपालिकाका अधिकांश बासिन्दाहरूले बर्खाको महाकाली भेलमा पनि ट्युबबाटै वारिपारि गर्ने गरेको स्थानीय राजेन्द्रबहादुर पालले बताए । ‘बर्खा सुरु भइसक्यो, अब ट्युबमा काली तर्न धेरै अप्ठ्यारो हुन्छ,’ उनले भने, ‘काली नतरी सुखै छैन । उपचारका लागि मात्र होइन, अन्य दैनिक खानेपिउने सामान ल्याउन पनि इन्डियाको बजारमै पुग्नुपर्ने हुन्छ ।’ सडकको असुविधाका कारण दार्चुलाका थुप्रै गाउँमा यस्तै रहेको उनले बताए ।

‘यस क्षेत्रका अधिकांश ठाउँहरूमा सडकको पहुँच छैन । दैनिक उपभोग्य सामग्री र औषधिका लागि पारि नगई हुन्न,’ मालिकार्जुन गाउँपालिका ५ का भुवन गिरीले भने, ‘न पुल छ, न सडक । त्यति भइदिए कसले ट्युबमा वारपार गर्ने जोखिम मोल्दो होला ।’ ट्युबमा वारिपा िगर्नेहरूलाई वर्षायाममा सधैं चिन्ता हुन्छ । महाकालीको जलस्तर बढ्दा सधैं बगाइलैजाने त्रास हुन्छ । तीन वर्षअघि लालीघाटमा ट्युब पल्टिँदा ३ जनाले ज्यान गुमाएका थिए । ट्युबबाट निकै जोखिम भए पनि नदी वारपार गर्न त्यसकै सहारा लिनुपर्ने बाध्यता रहेको तटीय क्षेत्रका स्थानीयको भनाइ छ । ‘ट्युबबाट यात्रा गर्दा कतिखेर पल्टिने हो भन्ने डर हामीलाई लाग्छ,’ गिरीले भने, ‘डर लागेर मात्र के गर्नु ? विकल्प पनि त छैन ।’ सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीको निगरानी हुने हुँदा कतिपय समयमा ट्युब प्रयोगमा रोक लगाउँछन् ।

खाद्यान्न लगायत सामग्री खरिदका लागि भारतीय बजार नजिक पर्छ । त्यसका लागि ट्युबमै जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानीयको भनाइ छ ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.