सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

गाउँपालिका दियो २०० जना बृद्ध-बृद्वालाई रेडियो र लौरो उपहार !

काठमान्डौ । गुल्मीको धुर्कोट गाउँपालिकाले बृद्धहरुलाई रेडियो सेट र लठ्ठी बितरण गरेको छ ।गाउँपालिका भित्रका ७ वटै वडामा रहेका २ सय जना बृद्धहरुलाई रेडियो सेट र लठ्ठी बितरण गरिने गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले बताए ।बृद्ध अबस्थामा एक्लै बसेको बेला मनोरञ्जन र ज्ञानका कुराहरु सुन्नको लागि रेडियो सेट बितरण गरिएको अध्यक्ष पोखरेलले बताए । बृद्धहरु हिड्डुल गर्दा साहाराको लागि रेडियो सेटसँगै लठ्ठी बितरण गरिएको अध्यक्ष पोखरेलको भनाई छ ।

Sana Kishan

गाउँपालिकाले ७५ वर्ष माथीका बृद्धहरुलाई रेडियो सेट र लठ्ठी बितरण गर्ने भएको छ । पहिलो चरणमा बिहिवार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष पोखरेल, उपाध्यक्ष शिबबहादुर खत्रीले २८ जना बृद्धालाई रेडियो सेट र लठ्ठी बितरण गरेका थिए ।बितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष खत्रीले बृद्ध अबस्थामा गाउँपालिका बृद्धहरुको लागि साहरा दिन्छ भन्ने सन्देश स्वरुप रेडियो सेट र लठ्ठी बितरण गरिएको बताए ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.