सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

रित गौतमको शतकसँगै नेपालले सिंगापुरलाई २१७ रनले हरायो

820
Sana Kishan

एसीसी यु–१९ इष्टर्न रिजन क्रिकेट प्रतियोगितामा रित गौतम र खडक बहादुर बोहोराले बिष्फोटक ब्याटिङ गरेपछि नेपालले सिंगापुरलाई २१७ रनको फराकिलो अन्तरमा पराजित गरेको छ ।

मलेसियाको राजधानी क्वालालम्पुरमा टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३२६ रन बनायो । शतक पुरा गरेका गौतमले अविजित ११५ रन बनाए भने बुढाथोकी शतक बनाउन १० रनले चुके । उनी ९० रनमा आउट भए । कुशल मल्लले पनि अर्धशतक पुरा गर्दै ५१ रन बनाए भने पवन सर्राफले ४५ रन जोडे । कप्तान रोहित पौडेल ७ र विशाल कुमार केसी १ रनमा आउट भए ।

Arus
Karnali Traders

३२७ रनको लक्ष्य पछ्याएको सिंगापुरले ३७ ओभर १ बलमा सबै विकेट गुमाएर १०९ रनमात्र बनाउन सक्यो । नेपालका लागि कुशल मल्लले ४ विकेट लिए भने तिलक राज भण्डारीले २ तथा रसिद खान र सागर ढकालले एकएक विकेट लिए ।

Nepali Khaja

यसअघि आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गरेको थियो

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.