सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

महेन्द्रनगर बसपार्कमा सिसिटिभी क्यामेरा जडान

कञ्चनपुर, असार २०
कञ्चनपुरको महेन्द्रनगर बसर्पाकमा सिसिभिटी क्यामेरा जडान गरिएको छ । महाकाली, पवनदुत, नमस्ते शुक्लाफाँटा यातायात प्रालिले क्यामेरा जडानगरेको हो । बसपार्क षेत्रको सुरक्षाका लागि भन्दै यातायात व्यवसायीले नै रकम संकलन गरेर ७ क्यामेरा जडान गरेका छन् ।

महाकाली यातायात प्रालिका अध्यक्ष डम्बर दत्त पन्तले बसपार्क क्षेत्रमा यात्रुको समान र उनीहरुको सुरक्षाका लागि क्यामेरा जडान गरिएको बताए । उनका अनुसार तीन लाख ३७ हजार लागतमा जडान गरिएको क्यामेरामा महेन्द्रनगरमा युवा व्यवसायी निरज बोहराले एकलाख ३७ हजार सहयोग गरेको बताए ।
यसैविच बसपार्कमै नागरिक सहायता कक्ष समेत राखिएको छ । भारतबाट लुटिएर आएका यात्रु र समस्यामापरेका यात्रुको सहयोगका लागि भनेर सहायता कक्षा स्थापना गरिएको छ ।

Sana Kishan

सिसिटिभी क्यामेराको उद्घाटन गर्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी शुशिल कुमार बैद्यले बसपार्क क्षेत्रमा नागरिक सुरक्षा हुने बताए । प्रजिअ अधिकारीले नियमित क्यामेरा संचालन गर्न समेत सुझाव दिए ।

World Link Ads
Mahakali Polytechnic

क्यामेराको कन्ट्रोल बसपार्क क्षेत्रको सुरक्षा भवनमा राखिएको छ । गेट, भित्र, काउण्टरमा क्यामेरा राखिएका छन् । गत बर्ष भीमदत्त नगरपालिकाले बजार क्षेत्रमा सिसिटिभी क्यामेरा जडान गरेको थियो ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.