सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वडाध्यक्षले त्यागे सरकारी सुविधा

ताप्लेजुङ – ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५, पापुङका वडाध्यक्ष डण्डु शेर्पाले सरकारले आफूलाई दिने सेवा सुविधा सामाजिक काममा खर्च गर्ने बताएका छन्। जनप्रतिनिधिका हिसाबले आफूले पाउने दैनिक भ्रमणभत्ता र मासिकरूपमा पाउँदै आएको पारिश्रमिकबापतको रकम सामाजिक कार्यमा खर्च गर्ने उनले बताएका हुन्।

Sana Kishan

दैनिक भ्रमणभत्ता लिँदै नलिई गाउँको विकासमा खर्च गर्ने र पारिश्रमिकबापत पाएको रकमले आफ्नो गाउँपालिकाभित्रका ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई न्यानो कपडा खरिद गरी वितरण गर्ने उनको भनाइ छ। सामान्य सेवा सुविधा उपभोग गर्नु उचित भए पनि जनताको सेवा गर्न चुनिएको जनप्रतिनिधिले तिनै जनता र राज्यलाई नै ऋणको भार थपिने गरी सुविधा उपभोग गर्नु आफ्ना लागि उचित नभएको उनको भनाइ छ।

यस्तै मासिकरूपमा पाउने पारिश्रमिकबापत्को रकमले वृद्धवृद्धालाई न्यानो कपडा वितरण गर्नुका साथै आफ्नो वडाभित्रका विभिन्न शैक्षिक संस्थाका कार्यालय सहयोगीको तलब भत्तामा थप गरी दिने तयारी गरेको शेर्पाले बताए। आफू जनप्रतिनिधि भएर आएपछि दैनिक भ्रमणभत्ताबापत करिब १५ हजार र पारिश्रमिकबापत् १९ हजार रुपैयाँ पाउँदै आएको शेर्पाको भनाइ छ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.