सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

विवाह गर्न माग राखेर प्रेमीको घरमा धर्ना

1,238
Sana Kishan

विवाह गर्ने वाचा गरेर शारीरिक सम्बन्ध राखे उनका प्रेमीले। तर जब विवाहको कुरा आयो, प्रेमी फरार भए। त्यसपछि ती युवतीले विवाहको माग राख्दै प्रेमीकै घरमा धर्ना सुरु गरेकी छिन्।

भारतको दार्जीलिङ जिल्लास्थित मतिगढा तिरङ्गा मोडका सञ्जीव सरकार नामका युवकले सिलगढीकी युवतीसँग एक वर्षयता शारीरिक सम्पर्क राख्दै आए पनि विवाहको कुरा गरेपछि आलटाल गरेको पीडित पक्षको भनाइ छ।

Arus
Karnali Traders

सञ्जीवले धोका दिन खोजेपछि पीडित युवती प्रहरी कार्यालय पुगेकी छिन्। उनले गत जुन ४ मा न्यू जलपाइगुडी प्रहरीमा उजुरी दर्ता गराएकी थिइन्।

Nepali Khaja

तर प्रहरीले युवकलाई पक्राउ नगरेपछि उनले सञ्जीवको घर अगाडि धर्ना सुरु गरेकी छिन्। हिमालय दर्पण पत्रिकाका अनुसार धर्ना सुरु गरेपछि उनलाई प्रहरीको महिला सेलले उद्दार गरेर स्वास्थ्य जाँच गरेको छ। युवतीले धर्ना दिएपछि प्रहरीले उनले दायर गरेको उजुरीमाथि छानबिन सुरु गरेको छ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.