सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

महाकाली बाल विद्यालय: विद्यार्थीकाे उपचार गर्ने सहमती

302
Sana Kishan

कञ्चनपुर, असार १९
भीमदत्त नगरपालिका १७ मझगाउँको महाकाली बाल विद्यालयका विद्यार्थी माधव कलौनीको उपचार विद्यालयले गर्ने सहमती भएको छ ।
बिहीबार कञ्चनपुरका चार विद्यार्थी संगठनले शिक्षकद्वारा विद्यार्थी कुटिएको घटना बाहिर आएपछि विद्यालय प्रशासनसंग घटनाका विषयमा छलफल गरेका थिए ।
छलफलमा विद्यालय प्रशासन र विद्यार्थी संगठनविच घाईते विद्यार्थीको उपचार गर्ने मौखिक सहमति भएको विद्यार्थी संगठनले बताएका छन् । अनेरास्ववियु, अखिल क्रान्तिकारी, क्रान्तिकारी र अखिल छैठौँका विद्यार्थी विच अव उपरान्त यता घटना नदोहो¥याउने र घाईतेको उपचार गर्ने सहमती भएको हो ।
अखिल क्रान्तिकारीका उपाध्यक्ष कैलाशचन्द्र गिरीले घटनाबारे विषेश चासो दिदै विद्यालयमा चार विद्यार्थी संगठन विद्यालयमै आएर घाईते विद्यार्थीको उपचार गर्ने सहमती भएको बताए । ‘विद्यालयको तर्फबाट शिक्षकले गल्ती महसुस गरेका छन्, ‘उनले भने, ‘यो घटना नियतबस भन्दा भैपरि आएको रहेछ ।’
अनेरास्ववियुका सह–सचिव कमल रोकायाले विद्यार्थीमाथी भएको अन्याय विद्यार्थी संगठनले बुझेको बताउदै अप उपरान्त यस्ता घटना नदोहो¥याउने र तत्तकालै विद्यार्थीको उपचार गर्ने सहमती भएको बताए ।
क्रान्तिकारीका अध्यक्ष नरेन्द्र भाटले विद्यालय शान्ति क्षेत्र भएपनि विद्यार्थीमाथी अङगभङग हुने तरिकाले भएको कुटपिटको निन्दा गर्दै घाईतेको उपचारमा सहमती गरिएको बताए । ‘यदी कुनै विद्यार्थीले विद्यालयमा खुकुरी ल्याएको भए प्रहरीलाई खबर गर्नुपथ्यो, ‘उनले भने, ‘यहाँ विद्यालय प्रशासनबाट समेत केही कमजोरी हुँदा घटना चर्कियो ।’ अखिल छैठौका सचिव पुष्कर भट्टले विद्यार्थीसंग भएको सहमती कार्यान्वयनमा जोडदिए । विद्यार्थी संगठनले सहमती कार्यान्वयन नभए विद्यार्थीको अधिकारका लागि संघर्ष गर्ने समेत बताएका छन् ।
विद्यालयका प्रिन्सिपल यशोदा जोशीले विद्यालयमा भएको घटनाको गल्ती स्र्वीकार गर्दै सुधारका लागि थालिएको पहल उल्टो परिमाण आएको बताईन् । उनले विद्यार्थी संगठन र विद्यालय प्रशासनविच भएको सहमती विद्यालय व्यवस्थापन समितिको बैठकबाट अनुमोदन गराएर कार्यान्वयन गरिने बताईन् ।
कलौनी परिवारले पिन्सिपल जोशी सहितका शिक्षकलाई कुटपिटको आरोप लगाएका थिए, तर पिन्सिपल जोशीले कुटपिट नगरेको स्वयम कलौनीलाई थप्पड हानेका शिक्षकले बताएका थिए । शिक्षकका अनुसार कलौनी परिवारले पिन्सिपल जोशीमाथी लगाएको आरोप निराधार थियो । विद्यालय प्रशासनले घाईतेको स्वास्थ्य लाभको कामना गर्दै उपचारका कुनैपनि कसरबाँकी नराख्ने प्रतिबद्धता जाहेर गरेको छ । कलौनीको नेपालगन्ज स्थित शिक्षण अस्पतालमा उपचार भईरहेको छ ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.