सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

पर्यटकीय गन्तव्यबारे प्रकृति पथ प्रर्दशक तालिम

460
Sana Kishan

मदन गिरी
कञ्चनपुर, असार १९
पर्यटनका लागि कञ्चनपुरमा आधारभूत प्रकृति पथ प्रर्दशक तालिम शुरु गरिएको छ । राष्ट्रिय प्रकृति सरक्षण कोषले शुक्लाफाँटा संरक्षण कार्यक्रम अन्र्तरगत पथ प्रर्दशक तालिम शुरु गरेको हो । बिहीबारदेखि कोषले दश दिने तालिम संचालन गरेको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख सुदिप राज निरौलाले मध्यवर्ती क्षेत्रका युवालाई सो तालिम लिन लागेको बताए । उनका अनुसार ‘शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज चार क्षेत्रका युवालाई पर्यटकीय क्षेत्रका विभिन्न पथ तथा नेचर गाईडबारे तालिम दिईनेछ ।
तालिम पश्चात स्थानीय युवाहरुको जिविकोपार्जनमा सहज हुनुका साथै उनिहरुमार्फत यस क्षेत्रमा भित्रिने पर्यटकलाई पर्यटकीय क्षेत्रबारे जानकारी दिन सहज हुने उनको भनाई छ ।
पथ प्रर्दशक अभावको कारण शुक्लाफाटा राष्ट्रिय निकुञ्ज लगायत यस क्षेत्रमा आउने पर्यटकलाई गाईडको समस्या हुने गरेको छ ।

Karnali Traders

त्यस्तै नेचर गाईड एशोसिएन कञ्चनपुरका अध्यक्ष डुठ्ठा रानाले तालिम सिकेर काम गर्नुपर्नेमा जोडदिए । उनले तालिमले यस क्षेत्रका युवालाई समेत पर्यटन व्यवसायतर्फ लाग्न प्रेरित गर्ने बताए ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण प्रशाद पौडेलले पर्यटन नेपालको भविष्यको मेरुदण्ड भएकाले पथ प्रर्दशक आवश्यक रहेको औल्याए । ‘पर्यटनका लागि प्रकृति पथप्रर्दशक आवश्यक छ, ‘उनले भने, ‘मेहनत गरेर लाग्नुहोस भविष्य पनि छ ।’ तालिममा सहभागी ३० जनालाई प्रकृति पथ तथा पथप्रर्दकबारे व्यवहारिक तथा सैद्धान्तिक ज्ञान दिईने छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज लगायत कञ्चनपुरमा अन्य प्रमुख धार्मीक तथा ऐतिहासिक पर्यटकीय गन्तव्यबारे जानकारी गराईने छ ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.