सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

भीमदत्तमा कष्टम हायरिङ्ग सेन्टर, किसानले सुलभ मुल्यमा कृर्षी उपकरण प्रयोग गर्न पाउने

320
Sana Kishan

मदन गिरी
महेन्द्रनगर १९ असार ।
कञ्चनपुरको भीमदत्त नगरपालिकामा कृषिजन्य उपकरणको कष्टम हायरिङ्ग सेन्टर सञ्चालन गरिको छ । प्रधानमन्त्री कृर्षी आधुनिकीकरण परियोजनाको सहयोगमा शान्ति कृषि सहकारी संस्था लिमिटेडले कष्टम हायरिङ्ग सेन्टर संचालनमा ल्याएको हो ।
बिहीबार एक कार्यक्रमकाबिच कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधी सभा सदस्य डा. दिपक प्रकास भट्टले हायरिङ्ग सेन्टरको उद्घाटन गरे । सेन्टरको उद्घाटन गर्दै भट्टले कृषि क्षेत्रमा यान्त्रिकरणको प्रयोगले उत्पादनमा बृद्धि हुने बताए । ‘सेन्टरबाट यस क्षेत्रका किसान लाभान्वित हुनेछन, ‘उनले भने, ‘किसानका लागि यो सुविधा हो ।’ सेन्टरको व्यवस्थित ढङगबाट संचालन गर्न समेत उनले आग्रह गरेका छन् ।
शान्ति कृषि सहकारी संस्थाका अध्यक्ष परमल सिह साउदले कृषि क्षेत्रमा सहजताका लागि आधुनिक प्रविधि मार्फत काम गराउनका लागि सहकारीले सेन्टरको अवधारणा ल्याएको बताए ।
उपाध्यक्ष साउदले ५० प्रतिशत अनुदानमा सहकारीले विभिन्न ८ उपकरण खरिद गरेको बताए । ‘किसानको समस्या समाधान गर्नका लागि सेन्टर संचालन गरेका छौँ ।’ उनले भने ।
उपाध्यक्ष साउदका अनुसार गहु थ्रेसिङ्ग, धान थ्रेसिङ्ग, रोटाभेटरले जोतेको, खेतमा ब्लेट लगाएर बराबर गरेको प्रति घण्टा एक हजार ३ सय रुपैया, धान रोपेको
(राईस ट्रान्सप्लान्टर), सिड ड्रिल(बिउ) छरेको, दुई हजार र डिल बनाउने, हैरोबाट जोतेको प्रतिघण्टा एक हजार रुपैया शुल्क लिईनेछ । सेन्टरबाट आएको रकम सहकारीमा जम्मा हुनेछ । भीमदत्तमा पहिलो पटक हायरिङ्ग सेन्टर स्थापना भएको हो । सेन्टर स्थापनापछि स्थानीय किसानले सुलभ मुल्यमा कृर्षी यन्त्र उपकरण प्रयोग गर्न पाउने छन् ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.