सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

भीमदत्तमा नमूना युवा संसद कार्यक्रम, तीन दिने अभ्यास सुरु

568
Sana Kishan

महेन्द्रनगर, १९ असार
भीमदत्त नगपालिकामा नमूना युवा संसद स्थापना र अभ्यास कार्यक्रम सुरु भएको छ । तीन दिनसम्म चल्ने कार्यक्रममा भीनपाका १९ वडाबाट दुई÷दुई र अन्य राजनीति दल सम्बद्ध युवा संगठनका युवा सहभागी भएका छन् ।
भीमदत्त नगरपालिकाको सभाकक्षमा बिहीबार नगर प्रमुख सुरेन्द्र विष्टले ब्यानर वाचन गरी संसद स्थापना र अभ्यास कार्यक्रमको उद्घाटन गरे ।
‘नमूना युवा संसद कार्यक्रम स्थापना र अभ्यास कार्यक्रम यस वर्षदेखि नगरपालिकामा सुरु गरिएको छ’ उनले भने, ‘यो कार्यक्रमबाट मुलुक सञ्चालन सम्बन्धी जानकारी हुन्छ, तीन दिनमा त्यो अभ्यास गरिन्छ ।’
देश विकास र समृद्धिमा युवा मेरुदण्ड भएको उल्लेख गर्दै नगर प्रमुख विष्टले सबै क्षेत्रमा सहकार्य र समन्वय आवश्यक हुने बताए । ‘युवाको सहकार्य विना कुनै किसिमका काम सम्भव हुँदैन, त्यस प्रकारको युवाको नेतृत्व क्षमता विकास गरी जानु पर्ने आवश्यकता छ ।’
नगर प्रमुख विष्टले नयाँ संचरना अनुसार मुलुकलाई समृद्ध बनाउन उत्पादन र श्रम सम्बन्धलाई एक ठाउँमा लिएर पूँजी र प्रविधि परिचालन गर्नु पर्ने आवश्यकता औंल्याए ।

Karnali Traders

भीमदत्त नगरपालिकामा युवा परिचालनका लागि यस अघि कार्यपालिकाबाट नै निर्णय गरिएको थियो । यस वर्ष नगरपालिकामा सुरु कार्यक्रमले युवा परिचालनलाई सशक्त बनाउन थप बल पुग्ने नगर प्रमुख विष्टले विश्वास व्यक्त गरे ।
‘तीन दिनसम्म चल्ने कार्यक्रमबाट व्यवहारिक रुपमा युवा परिचालनको नयाँ अध्याय थपिने लागेको छ’ उनले भने,‘यो प्रयोगात्मक हिसाबले प्रभावकारी हुने अपेक्षा गरिएको छ ।’
सरकारले आर्थिक वर्ष ०७४÷०७५ देखि युवाको क्षमता विकास गरी संविधान, कानून तथा संसदीय अभ्यासबारे जानकारी गराउन र सुसूचित गराउँदै उनीहरुलाई अधिकार, कर्तव्य र जिम्मेवारी युवाको नेतृत्व क्षमता विकास र परिचालनका लागि कार्यक्रम सुरु गरिएको थियो ।
उद्घाटन कार्यक्रममा जिल्ला युवा समितिका अध्यक्ष महेश प्रसाद पन्तले नमूना अभ्यास संसदीय अभ्यास भएकाले सबैले मर्यादित भएर कार्यक्रममा सहभागी हुने बताए । ‘यो संसदीय अभ्यास नै हो, यसमा मर्मादित भएर बस्छौ, संसदीय अभ्यास गर्छौ’ उनले भने ।
राजनीतिक दलहरुले चुनावमा गरेका प्रतिवद्धताहरु पूरा भए नभएको हेरेर युवाले दबाव दिनु पर्ने अध्यक्ष पन्तले बताए । तीन दिने कार्यक्रमलाई अध्यक्ष पन्तले सहजीकरण गरिरहेका छन् ।
दुई दिन सहभागीहरुलाई राष्ट्रिय युवा नीति, संविधान, नीत नियम र संसदीय व्यवस्था अनुसारका जिम्मेवारी बाँडफाँट लगायतका अभ्यास गरिनेछ । अन्तिम दिन सभा कक्षमा नमूना संसद सञ्चालन गरिने युवा समितिका कान्तुराम पनेरुले बताए ।
उद्घाटन कार्यक्रममा भीनपाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पुस्कर प्रसाद भट्टले नमूना युवा संसद अभ्यास कार्यक्रमले युवा परिचालनलाई सहयोग पुग्ने बताए ।
कार्यक्रममा सहभागी भीनपा वडा नं. १८ युवा बासुदेब भट्टले कार्यक्रमबाट युवालाई संसदीय अभ्यास सम्बन्धी जानकारी हुने बताए ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.